बन्दीपुर-६ का वडाध्यक्षको कुटपिटबाट वडासचिव गम्भीर घाइते « Khabarhub

बन्दीपुर-६ का वडाध्यक्षको कुटपिटबाट वडासचिव गम्भीर घाइते


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

पोखरा – तनहुँको बन्दीपुर गाउँपालिका–६ मा वडाध्यक्षको कुटपिटबाट वडासचिव गम्भीर घाइते भएका छन्। भुक्तानी विवादका क्रममा वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नवीन भुसाललाई कार्यालयमै कुटपिट गरेका हुन्।

बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यका अनुसार भलिबल प्रतियोगिताको भुक्तानी प्रक्रियामा विवाद हुँदा वडाध्यक्ष गुरुङले सचिव भुसाललाई कुटपिट गरेका हुन्। सचिवले आवश्यक कागजात अध्ययनपछि प्रक्रिया अघि बढाउने बताएपछि वडाध्यक्षले आक्रोशित हुँदै हातपात गरेको उनले जानकारी दिए।

‘सचिव भर्खरै मात्र आएका कारण उनले प्रमाण नदेखिएपछि शंका गर्नु स्वाभाविक थियो। तर, वडाध्यक्षले दबाब दिएर कार्यालयमै कुटपिट गरे’ प्रशासकीय अधिकृत आचार्यले भने।’

सोमबार बिहान १० बजे घटना भएको थियो। कुटपिटबाट गम्भीर घाइते सचिव भुसाललाई प्रारम्भिक उपचारपछि भरतपुर रिफर गरिएको छ। उनको गाला र घाँटीमा चोट लागेको छ।

घटनाबारे वडाध्यक्ष गुरुङसँग बुझ्ने प्रयास गर्दा उनले आफू प्रहरी कार्यालयमा रहेको भन्दै पछि मात्र प्रतिक्रिया दिने बताए। प्रमुख प्रशासकीय अधिकृत आचार्यले घटनाको अनुसन्धान अघि बढाइसकेको र कानुनी प्रक्रिया थालिएको जानकारी दिए।

वडाध्यक्ष गुरुङ नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि हुन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : २२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको