कामपाले छात्रावासहरूको अनुगमन गर्ने « Khabarhub

कामपाले छात्रावासहरूको अनुगमन गर्ने


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले छात्रावासहरू (होस्टल)लाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन  सूचकका आधारमा अनुगमन गरिने जनाएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले छात्रावास व्यवस्थापनका लागि अनुगमन गरिने बताएकी हुन्  ।

छात्रावासलाई व्यवस्थित बनाउन जारी गरिएको ‘छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८०’ ले तोकेका व्यवस्था कार्यान्वयनमा ल्याउन कामपा शिक्षा विभागले अनुगमन गर्ने उनले बताइन्।

मापदण्डले कामपाभित्र छात्रावास सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्रावास राख्ने भवनको नक्सा र नक्सापास प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाणपत्रसहित कागजातसहित दर्ता गर्नुपर्ने मापदण्डमा उल्लेख छ । 

छात्रावासभित्र हुनुपर्ने न्यूनतम पूर्वाधारअन्तर्गत शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज र टेबल फोहरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध गरिनुपर्ने भनिएको छ । कोठाहरू फराकिला, खुल्ला हुनुपर्ने र  पर्याप्त प्रकाश छिर्ने,  हावा दोहोरो चल्ने हुनुपर्नेलगायत उल्लेख छ । 

कामपाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्ने, बस्ने छात्रछात्राको हालसालै खिचेको तस्बिर, पहिचान देखिने सरकारी कागज राख्नुपर्ने व्यवस्थामा भनिएको छ । असम्बन्धित व्यक्तिभित्र आउन दिन नहुने,  कोठाभित्र मदिराजन्य, लागूपदार्थ, सुर्तीजन्य पदार्थ ओसारपसार, बिक्री वितरण र प्रयोग गर्न नपाइने भनिएको छ । 

सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भएकाले उमेर ३० वर्ष पूरा हुनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ३५ बजे

२५० रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार, अर्थमन्त्रीले गरे फोन

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता

जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले

पाँच जना फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको

युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने

काठमाडौं – ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै घरमै बसेर