प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका छन् । आज विमास्थलको अवलोकन गर्दै उनले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

“यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन । आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ”, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीसँगै नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीलगायतले विमानस्थल अवलोकन गरे ।

आजै प्रधानमन्त्री ओलीले तुलसीपुरस्थित कोमल रिसोर्टको पनि उद्घाटन गरेका छन् । राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीले उक्त रिसोर्ट सञ्चालनमा ल्याउएका हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ४८ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको