तीन थान भरुवा बन्दुकसहित दुई जना पक्राउ « Khabarhub

तीन थान भरुवा बन्दुकसहित दुई जना पक्राउ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

तनहुँ – देवघाट गाउँपालिका–४ मा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । स्थानीय ६१ वर्षीय शङ्खवीर गुरुङ र ६८ वर्षीय कृष्णबहादुर गुरुङ पक्राउ परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा ग्रामीण भेगमा गस्ती गर्ने क्रममा दुई जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शङ्खवीरको घरबाट लुकाइछिपाइ राखिएको एक थान एकनाले बन्दुक, एक थान बन्दुकको चापघोडा नभएको बन्दुक र कृष्णबहादुरको घरबाट एक थान एकनाले बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ९ : ०४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।