तीन थान भरुवा बन्दुकसहित दुई जना पक्राउ « Khabarhub

तीन थान भरुवा बन्दुकसहित दुई जना पक्राउ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

तनहुँ – देवघाट गाउँपालिका–४ मा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । स्थानीय ६१ वर्षीय शङ्खवीर गुरुङ र ६८ वर्षीय कृष्णबहादुर गुरुङ पक्राउ परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा ग्रामीण भेगमा गस्ती गर्ने क्रममा दुई जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शङ्खवीरको घरबाट लुकाइछिपाइ राखिएको एक थान एकनाले बन्दुक, एक थान बन्दुकको चापघोडा नभएको बन्दुक र कृष्णबहादुरको घरबाट एक थान एकनाले बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ९ : ०४ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार