वर्तमान सरकार बनेपछि अवरुद्ध विकास योजना कार्यान्वयन हुँदैछन्ः महासचिव पोखरेल « Khabarhub

वर्तमान सरकार बनेपछि अवरुद्ध विकास योजना कार्यान्वयन हुँदैछन्ः महासचिव पोखरेल


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वमा मात्रै दाङको समृद्धि सम्भव हुने बताएका छन् । एमाले दाङले घोराहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले एमाले सरकार बनेपछि लामो समयदेखि रोकिएका विकास योजनाहरू कार्यान्वयन हुन थालेको उल्लेख गरे ।

“घोराही–तुलसीपुर चारलेन सडकको निर्माणकार्य पुनः थालनी भएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पठनपाठन सुरु भइसकेको छ । टरिगाउँ विमानस्थलको स्रोत सुनिश्चित गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ”, महासचिव पोखरेलले भने,“यसले दाङको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन आउने विश्वास छ ।”

सरकारले भूमि समस्या समाधान र अन्य दीर्घकालीन महत्व राख्ने छ वटा अध्यादेश ल्याएको र यी संसद्बाट पारित भएरै छाड्ने उनले दाबी गरे । अन्य प्रक्रिया अपनाउँदा कानुन बनाउन ढिलाइ हुने भएकाले अध्यादेश ल्याउनुपरेको जिकिर गर्दै महासचिव पोखरेलले ती अध्यादेशहरू संसद् छल्न नभई जनताका लागि प्रभावकारी नीति कार्यान्वयन गर्न ल्याइएका बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : ०४ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम