आँखा उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता | Khabarhub Khabarhub

आँखा उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो ।

सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिकका लागि अधिक छुटमा उपलब्ध गराउने छ ।

सरकारको भन्सार तथा मूल्य अभिवृद्धि छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा उच्चगुणस्तरको भन्दै आयात भइरहेको छ । अब सम्झौताअनुसार तिलगंगाले ती लेन्स देशका नागरिकले प्राप्त गर्नका लागि हालको रकममा छुट प्रदान गर्नेछ । 

यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउनेछ ।

मन्त्रालयले तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायहरू मार्फत समन्वय र सहकार्य गने सम्झौतामा छ ।

यसैगरी, कार्यक्रम संचालन भइरहेका जिल्लाहरूमा आँखा कार्यक्रम संचालनको लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने मन्त्रालयले सम्झौता गरेको छ ।

मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पक्षात उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानून बमोजिम भन्सार तथा मूल्य अभिवृद्धि कर सहुलियतका लागि सिफारिस प्रदान गर्ने सम्झौता गरेको छ । 

सम्झौताअनुसार मन्त्रालयले तिलगंगाले आँखा कार्यक्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ ।

सम्झौता आदानप्रदान पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डाक्टर सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिस्तरमा ख्याति प्राप्त डा. रुइत नेतृत्वको कामलाई राज्यका तर्फबाट मूल्यांंकन गर्दै थप सहयोग पुर्‍याउनुपर्छ भनेर सम्झौता गरिएको बताए ।

‘उहाँले आँखा उपचारमा अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता आर्जन गर्नुभएको छ,’ मन्त्री पौडेलले भने, ‘संसारमै लेन्स उत्पादनमा विख्यात बनेको नाम सन्दुक रुइत र उहाँको कामलाई थप कसरी सघाउन सकिन्छ, आगामी दिनमा पनि हामी सघाउन तयार छौँ ।’ डाक्टर रुइतले स्वास्थ्य मन्त्री पौडेल सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताए ।

‘स्वास्थ्य मन्त्रीज्यूले सुधारका लागि सक्रिय भएर लागिरहनुभएको छ,’ उनले भने, ‘हामी हातेमालो गर्न तयार छौँ । हामीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धाका लागि सघाउन आग्रह गर्दछु । ’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ४२ बजे

आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत ५ गते मंगलबार चैत

प्रचण्डको गम्भीर आरोप : राजाहरूले विदेशका ‘वेश्यालय’मा गएर नेपालको बेइज्जत गरेका थिए

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं- नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको

राजनीतिक सन्तुलन मिलाउन सीपालु थापाको काँधमा नेपाल प्रहरीको कमान्ड

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त

‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटी छिर्न सक्छन्’

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजावादीहरूको गतिविधिले