गण्डकीका ४५ हजार ७ सय बढी विद्यार्थीले एसईई दिने « Khabarhub

गण्डकीका ४५ हजार ७ सय बढी विद्यार्थीले एसईई दिने


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– यस वर्षको एसईई परीक्षामा गण्डकी प्रदेशबाट ४५ हजार ७ सय ९६ परीक्षार्थी सहभागी हुँदै छन् । शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशका ११ जिल्लामा २०४ परीक्षा केन्द्र तोकिएको छ ।

निर्देशनालयका अधिकृत खेमराज पौडेलका अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ ३७ हजार १५, प्राविधिक तर्फ (नियमित) १३९० र ग्रेडबृद्धिका लागि ७ हजार ३ सय ९१ छन् । 

परीक्षार्थीमा सबैभन्दा बढी कास्कीमा ११ हजार ६० जना र सबैभन्दा कम मनाङमा जम्मा ४६ जना छन् । यसैगरी नवलपुरमा ६ हजार ४ सय २२, तनहुँमा ६ हजार ३ सय २, स्याङजामा ४ हजार ९ सय ७६, बागलुङमा ४ हजार ८ सय ६७ विद्यार्थी परीक्षामा सहभागी हुदैछन् । 

त्यस्तै गोरखामा ४ हजार ४ सय ६२, लमजुङमा २ हजार ९ सय ४१, पर्वतमा २ हजार ३ सय ५, म्याग्दीमा २ हजार २ सय १६ र मुस्ताङमा १९९ जना एसईईमा सहभागी हुने पौडलले बताए ।

गोरखामा २३, मनाङ र मुस्ताङमा १/१, लमजुङमा १६, कास्कीमा ३६, तनहुँमा २६, स्याङजामा २४, म्याग्दी र पर्वतमा ९र९, बागलुङमा ३१ र नवलपुरमा २८ परीक्षा केन्द्र तोकिएका छन्। 

परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न २०४ केन्द्राध्यक्ष, ४०९ सहायक केन्द्राध्यक्ष, २ हजार ३ सय ९० निरीक्षक, ५५६ परीक्षा सहायक, एक हजार ५ जना कार्यालय सहयोगी र ३ हजार ६० जना सुरक्षाकर्मी परिचालन हुनेछन् । 

निर्देशनालयका अनुसार गोरखाका १४०, मनाङका ४, लमजुङका एक सय, कास्कीका २९३, तनहुँ र स्याङजाका समान १७७, मुस्ताङका १२, म्याग्दीका ७६, बागलुङका १५३, पर्वतका ९२ र नवलपुरका १५० गरी १ हजार ३ सय ७४ सामुदायिक र संस्थागत विद्यालय परीक्षामा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ५५ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर