सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : प्रमुख सचेतक बर्तौला « Khabarhub

सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : प्रमुख सचेतक बर्तौला


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका हुन् ।

उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्राउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे ।

सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ । उनले अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे ।

उनले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भएपनि ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि तयारी गर्ने बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ३ : ३३ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज