संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्छ : सभापति देउवा « Khabarhub

संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्छ : सभापति देउवा


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस संघीय मामिला समन्वय विभागले सोमबार सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुक संघीय प्रणालीमा गइसकेकाले यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन् । 

कसैलाई संघीयता मन नपरेपनि केही गर्न नसकिने उनले बताए । सभापति देउवाले मुलुकको अहिलेको व्यवस्थाबाट फर्किन नसकिने स्पष्ट पारे । संघीय स्वरुप अनुसारको प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनले बताए । सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे ।

उनले कांग्रेसको १०० दिने अभियानका क्रममा देशभरका जनतामा उत्साह भएको भन्दै यसलाई अझ बढि समन्वय गरेर अघि बढ्नुपर्ने बताए । कांग्रेस अहिले ठूलो पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरि लाग्न उनले निर्देशन दिए।  

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : १६ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज