मौसमी राडार सञ्चालनमा ल्याउन सांसद थानीको माग « Khabarhub

मौसमी राडार सञ्चालनमा ल्याउन सांसद थानीको माग


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रतिनिधिसभाका सांसद हृदयराम थानीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ मा रहेको मौसमी राडार सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको जलवायु जानकारी दिने मौसमी राडार दुई वर्षदेखि बिग्रिएको र यसलाई सञ्चालनमा ल्याउन सांसद थानीले माग गरेका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बनाउनका लागि माग गर्दै मौसमी राडार स्पेर पार्टस बिग्रिएका कारण २ वर्षदेखि सञ्चालनमा नहुनु विडम्बनापूर्ण अवस्था रहेको थानीले बताए । 

‘विपद् व्यवस्थापनका लागि अति महत्त्वपूर्ण मौसमी सूचना, हावापानी पूर्वानुमान, वर्षाको गति साथै विपद्का लागि अत्यावश्यक र संवेदनशील सूचना दिने प्रणाली अवरुद्ध हुनु कर्णाली प्रदेशका लागि त झनै जोखिमपूर्ण अवस्था हो,’ उनले भने, ‘तसर्थ, वर्षाको समय नजिकिँदै गरेको अवस्थालाई मध्यनजर गरी जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका लागि मौसमी राडारलाई यथाशीघ्र सञ्चालन ल्याई सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ तीन वटै तहका सरकारले गम्भीर रूपले सोच्नु जरुरी छ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ६ : ३१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ