मौसमी राडार सञ्चालनमा ल्याउन सांसद थानीको माग « Khabarhub

मौसमी राडार सञ्चालनमा ल्याउन सांसद थानीको माग


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रतिनिधिसभाका सांसद हृदयराम थानीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ मा रहेको मौसमी राडार सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको जलवायु जानकारी दिने मौसमी राडार दुई वर्षदेखि बिग्रिएको र यसलाई सञ्चालनमा ल्याउन सांसद थानीले माग गरेका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बनाउनका लागि माग गर्दै मौसमी राडार स्पेर पार्टस बिग्रिएका कारण २ वर्षदेखि सञ्चालनमा नहुनु विडम्बनापूर्ण अवस्था रहेको थानीले बताए । 

‘विपद् व्यवस्थापनका लागि अति महत्त्वपूर्ण मौसमी सूचना, हावापानी पूर्वानुमान, वर्षाको गति साथै विपद्का लागि अत्यावश्यक र संवेदनशील सूचना दिने प्रणाली अवरुद्ध हुनु कर्णाली प्रदेशका लागि त झनै जोखिमपूर्ण अवस्था हो,’ उनले भने, ‘तसर्थ, वर्षाको समय नजिकिँदै गरेको अवस्थालाई मध्यनजर गरी जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका लागि मौसमी राडारलाई यथाशीघ्र सञ्चालन ल्याई सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ तीन वटै तहका सरकारले गम्भीर रूपले सोच्नु जरुरी छ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ३१ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय