अर्थसंक्षेप : ग्लोबल मनी वीक सुरु, निरन्तर ओरालोमा नेप्से र बढाउन सकेनन् बैंकले कर्जा प्रवाह « Khabarhub

अर्थसंक्षेप : ग्लोबल मनी वीक सुरु, निरन्तर ओरालोमा नेप्से र बढाउन सकेनन् बैंकले कर्जा प्रवाह


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘थिंक विफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक-२०२५’ आजदेखि आरम्भ भएको छ । आइतबार २१.६३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ओरालो लागेको छ ।

बैंकहरूले अझैपनि कर्जा प्रवाह बढाउन सकेका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि बन्द भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण प्रक्रिया अगाडि बढाएको छ ।

आजका आर्थिक समाचार :

‘ग्लोबल मनी वीक- २०२५’ आजदेखि सुरू

थिंक विफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक-२०२५’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौँ संस्करण हो ।

उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गर्‍यो ।

फेरि ओरालोतर्फ शेयरबजार, १० अंकले घट्यो नेप्से

आइतबार २१.६३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ओरालो लागेको छ । सोमबार ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा १०.१४ अंकले नेप्से घटेको हो ।

नेप्से परिसूचक घटेसँगै नेप्सेको पुँजीकरण पनि ०.३७ प्रतिशतले घटेको छ । आज भएको शेयर कारोबारमा १४५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८५ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो । त्यस्तै, १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बढाउन सकेनन् बैंकहरूले कर्जा प्रवाह, वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत तल

बैंकहरू कर्जा प्रवाह बढाउन नसकेको तथ्यांकले देखाएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुन महिनामा वाणिज्य बैंकहरूको निक्षेप कर्जा अनुपात अर्थात् सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा पनि धेरै तल ७९.२९ प्रतिशतमा सीमित रहेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियो ९० प्रतिशत तोकेपनि कुनैपनि वाणिज्य बैंकको अवस्था सो विन्दुमा पुग्न सकेको देखिँदैन । तथ्यांकअनुसार फागुन महिनामा सञ्चालनमा रहेकामध्ये ८ वटा वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत भन्दा तल रहेको छ भने अन्यको पनि ८६ प्रतिशत भन्दा नै तल रहेको छ ।

स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि बन्द भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारण समिति गठनको लागि आह्वान गरेको हो।

प्राधिकरणले ०७० मा आधारभूत टेलिफोन सेवाको लागि दिएको सो कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएकोले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठनका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरू

गत साउनबाट धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले होटल व्यवसायलाई राहत प्रदान गरेको छ ।

कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मुख रहेको व्यवसायीहरूको भनाइ छ ।

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ ।

यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ४८ बजे

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४

सरकारी विज्ञापन निर्णयविरुद्ध महासंघद्वारा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं– सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरूद्व आन्दोलनरत