शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न कामपाको निर्देशन « Khabarhub

शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न कामपाको निर्देशन


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न महानगरभित्रका विद्यालयहरूलाई सचेत गराएको छ । 

महानगरको शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार सूचना जारी गर्दै विद्यालयहरूलाई शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सचेत गराएका हुन् । 

शिक्षा विभागले महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ ९६० विपरित शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना गरिए प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ । 

महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ ९६० मा कसैले पनि शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न–गराउन नहुने व्यवस्था छ । 

‘कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो यस कार्यालयमा आएको हुँदा शैक्षिक सत्र सुरु नभई नियमावली विपरित विद्यार्थी भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ३५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा