शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न कामपाको निर्देशन | Khabarhub Khabarhub

शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न कामपाको निर्देशन


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न महानगरभित्रका विद्यालयहरूलाई सचेत गराएको छ । 

महानगरको शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार सूचना जारी गर्दै विद्यालयहरूलाई शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सचेत गराएका हुन् । 

शिक्षा विभागले महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ ९६० विपरित शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना गरिए प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ । 

महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ ९६० मा कसैले पनि शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न–गराउन नहुने व्यवस्था छ । 

‘कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो यस कार्यालयमा आएको हुँदा शैक्षिक सत्र सुरु नभई नियमावली विपरित विद्यार्थी भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ३५ बजे

आफ्नै भिडियोले समस्यामा ओरी

काठमाडौं – भारतीय सोसल मिडिया इन्फ्लुएन्सर ओरहान अवात्रामणि उर्फ ओरी

आरआर क्याम्पसमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियु निर्वाचनको

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान जारी (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र

प्रमुख निर्वाचन आयुक्तको व्यंग्य- दल फुटाउने अध्यादेश ल्याए हुन्छ !

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको कार्यकाल

दुई सय ३६ ह्याचरी उद्योग बन्द

चितवन– कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी