सकियो पुष्प मेला, एक करोड बढीको कारोबार « Khabarhub

सकियो पुष्प मेला, एक करोड बढीको कारोबार


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आज सम्पन्न भएको छ । 

चार दिनसम्म चलेको मेलामा एक करोड दश लाख ७०  हजारभन्दा बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । पुष्प मेला ५९ हजार बढीले अवलोकन गरेको एशोसिएशनका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए ।

हाल नेपालका ५२ जिल्लामा दुई ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती भइरहेको एशोसिएशनले जनाएको छ । जसमा एक हजार एक सय बढी पुष्प व्यवसायी संलग्न छन् । 

यस क्षेत्रमा करिब आठ अर्ब ८३ करोड हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार पाँच सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ । 
    
नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार रु तीन अर्ब ६८ करोडभन्दा बढी रहेको एशोसिएशनले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ७ : ४५ बजे

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए…

वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा – मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख