‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटी छिर्न सक्छन्’ « Khabarhub

‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटी छिर्न सक्छन्’


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजावादीहरूको गतिविधिले आफूहरू कति पनि नआत्तिएको बताएका छन् ।

सोमबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खतिवडाले अब यो देशमा ज्ञानेन्द्र शाह, उनका सन्तान वा अरु कोही पनि राजा बन्ने र राजसंस्था फर्किने सम्भावना नरहेको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले टिकट काटेर नारायणहिटी दरबार संग्रहलायमा छिर्न पाउने बताएका छन्। उनले बाहिर कुनै सुनारेलाई बनाउन लगाएर श्रीपेच पनि लगाउन पाउने बाटो रहेको बताए । तर ज्ञानेन्द्र फेरि राजा कहिले नबन्ने उनले बताए ।

निरङ्कुश र वंशवादी राजतन्त्रविरुद्ध जनताको चेतना कति सवल छ भन्ने कुरा देखाउन आगामी चैत १५ गते जनप्रदर्शनको आयोजना गरिएको उनले बताए । उक्त जनप्रदर्शनमा देशभरबाट एक लाखभन्दा बढी मानिस काठमाडौं आउने उनले गरे ।

‘हामी पटक्कै डराएका छैनौँ । राजावादीहरूले अहिले सडक हाम्रो हो, दलसँग जनता छैनन्, एक्लै परे, हामी जित्दैछौं भनेर प्रचारबाजी गरिरहेका छन् । तिमीहरू हार्दैछौँ, तिमीहरू नौटंकी गर्दैछौ । तिमीहरूको कालो कर्तुत र निरङ्कुश इतिहास सबै कुरा हामीलाई थाहा छ, उनले भने,‘तिम् विरुद्मा जनताको गणतन्त्रको चेतना कति सवल छ भनेर एकचोटी सानो झल्को देखाइदिऊँ । बाँकी रहे धेरै कुरा गरौँला । यो मुलुकमा न राजतन्त्र आउँछ, न राजसंस्था फर्किन्छ । ज्ञानेन्द्र नारायणहिटीमा टिकट काटेर पस्न सक्छन् । सुनारलाई बनाउन लगाएर, श्रीपेच पनि लगाउन सक्छन् । उनलाई नारायणहिटी जानलाई रोकटोक छैन ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ९ : ३४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्