मोरङको सुन्दरहरैंचामा बिजुली गएको मौकामा ट्रान्सफर्मर नै चोरियो « Khabarhub

मोरङको सुन्दरहरैंचामा बिजुली गएको मौकामा ट्रान्सफर्मर नै चोरियो


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुन्दरहरैंचा नगरपालिका–२ जोगियारेमा बिजुलीको एउटा ट्रान्सफर्मर नै चोरिएको छ ।

बुधबार राति तीन घण्टा बढी बिजुली गएको मौका पारेर चोरको समूहले सिंगो ट्रान्सफर्मर नै चोरेर लगेको वडाध्यक्ष विवश प्रधानले खबरहबलाई बताए ।

उनका अनुसार बिजुली गएका बेला बुधबार रातको समयमा अज्ञात समूहले ट्रान्सफर्मर खोलेर त्यसमा रहेको तामाको क्वाइलसहितका सामान चोरेर लगेका छन् ।

चोरीका कारण त्यस क्षेत्रका केही टोलमा विद्युत् आपूर्ति बन्द भएको छ । ट्रान्सफर्मर नै चोरी भएपछि स्थानीयवासी त्रसित छन् ।

वडाध्यक्ष प्रधानले ट्रान्सफर्मर चोरिएपछि प्रहरीलाई खबर गरिएको बताए । उनका अनुसार प्रहरीले अनुसन्धान तीव्र पारे पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : १३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु