थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण « Khabarhub

थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन्।

थाइल्यान्डमा रहेका नेपालीभाषीको आग्रहअनुसार भाषा—साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’का लागि भन्दै कवि—साहित्यकार घिमिरेले १ सय ७५ वटा नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन्।

म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौंस्थित प्रतिनिधिलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण गरे।

नेपाल नागरिक समाज, भानु प्रतिष्ठान, राष्ट्रिका साहित्य प्रतिष्ठानलगायत एक दर्जन बढी सामाजिक संघ—संगठनमा आवद्ध कवि घिमिरेको म्यान्मा र थाईका नेपालीसामु ‘मनमनमा म्यान्मा’ सबैभन्दा धेरै रुचाइएको कृत्ति हो। अझ् भनौँ— ‘रमादेवीको कथा’ कविताचाहिँ बर्मेली नेपाली युवाको मनमनमा छ।

ललितपुर, गोदावरी निवासी साहित्यकार घिमिरेका दर्जनौँ कृत्ति प्रकाशित छन्। तीमध्ये केही म्यान्माली नेपालीकाे जनजीवनसँगै सम्बन्धित छन्।

उनी पटकपटक म्यान्माका नेपालीहरूको घरदैलोमा पुगेका छन्। यसअर्थमा पनि कवि घिमिरे बर्मेली र थाई नेपाली साहित्यकाे समिपमै छन्।

थाई नेपाली संघ बैंकक शाखाको संरक्षण र शिक्षा विभागको पहलकदमीमा स्थापित ‘आदर्श’ पुस्तकालयका पदाधिकारीहरूले साहित्यकार घिमिरेलाई पुस्तक सहयोगपछि धन्यवाद दिएका छन्।

‘म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमीको तर्फबाट वरिष्ठ साहित्यकार ऋषवदेव घिमिरेज्यूलाई पुस्तकका लागि एउटा अनुरोध–पत्र पठाएका थियौँ। उहाँले हाम्रो आग्रहलाई सहजै स्वीर्कानुभयो । पुस्तक सहयोगका लागि उहाँलाई धेरै–धेरै धन्यवाद छ,’ थाई नेपाली संघ बैंकक शाखा, शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले भने।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ४२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका