छ महिनादेखि तलब पाएनन् करारका स्वास्थ्यकर्मीले « Khabarhub

छ महिनादेखि तलब पाएनन् करारका स्वास्थ्यकर्मीले


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब-भत्ता पाउन सकेका छैनन् । गत कात्तिक महिनादेखि हालसम्म तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो छ ।

स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जिल्लामा बजेट आउने गरेकोमा गत कात्तिक महिनादेखि बजेट नआउँदा छात्रवृत्ति करारमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिए । 

उनका अनुसार यस विषयमा पटकपटक कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्र पठाए पनि सुनवाइ भएको छैन । मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको तलब भत्ता नपाएको उनले जानकारी दिए । 

स्वास्थ्यकर्मीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएपछि जिल्ला अस्पताल, सामाजिक विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य विभागलाई पत्रमार्फत ध्यानाकर्षण गराएका छन् । साथै तलब–भत्ता नपाएसम्म अस्पतालको आपतकालीन बाहेकको सेवा बन्द गरेका छन् ।

मंगलबार जिल्ला अस्पताल विकास समितिले रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग भेटघाट गरी तलब भत्ता पाउन नसकेको गुनासो पोखेका थिए । तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत सात, डेन्टल सर्जन दुई र जनस्वास्थ्य अधिकृत तीन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ७ : ५० बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु