रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति « Khabarhub

रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

टर्की – लगातार तीन वर्ष भन्दा बढी समय युद्ध लडेका रुस र युक्रेनको वार्ता सकारात्मक भएको छ। साढे दुई घण्टा चलेको वार्तापछि दुवै देशले एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति गरेका हुन्। सन् २०२२ को मार्चपछि शुक्रबार रुस र युक्रेनका अधिकारी एक आपसमा प्रत्यक्ष वार्तामा बसेर सकारात्मक समाचार सुनाएका हुन्।

टर्कीको मध्यस्थतामा भएको वार्ता साढे दुई घण्टा भन्दा बढी समय चलेको थियो। वार्तामा रुसले युद्ध विरामका लागि नयाँ तथा एकदम कठिन शर्त राखेको थियो। युक्रेनले आफ्नै धेरै भूभागबाट सेना हटाउने शर्त रुसले राखेको थियो।

JPG converted with https://ezgif.com/webp-to-jpg

युक्रेनी सहायक विदेश मन्त्री सेरहिय खेलिस्टाले यो एक हजार युक्रेनी परिवारका लागि खुसीको खबर भएको बताए। युक्रेनका रक्षा मन्त्री रुस्ताम उमेरोभले तत्काल अर्को वार्ता हुने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचमा निकट भविष्यमा हुने वार्ताले धेरै कुरा तय गर्ने बताए।

रुसी वार्ता टोलीको नेतृत्व गरेका पुटिनका एआइडिईले वार्ता सकारात्मक भएको तथा अर्को चरणको वार्ताका लागि प्रयास हुन सक्ने बताएका छन्।

धेरैले रुसले वार्ताको नाटक गरेर युक्रेनका धेरै समर्थकलाई झुक्याउने काम मात्र गरेको हुन सक्ने जनाएको छ। अहिले युरोपेली १८ औँ चरणको प्रतिबन्धको तयारीमा छन्। वार्ता भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुसी राष्ट्रपति पुटिनसँगको वार्तामा मात्र सबै कुराको टुङ्गो लगाउन सक्ने बताएका छन्।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ५ : ४४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार