नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक (तस्बिरहरू) « Khabarhub

नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक (तस्बिरहरू)


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रायःजसो सवारी जाम भइरहने नागढुंगा–नौबिसे सडकको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन् ।

नागढुंगा–नौबिसे सडकमा खाल्डैखाल्डा छन् । त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला–भीमढुंगा–धार्के सडक प्रयोग गर्न थालेका थिए । अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारीसाधन पनि यो सडक खण्ड भएर चल्न थालेका छन् । यो सडकको दूरी २४ किलोमिटर रहेको छ । करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ ।

यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ । स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरूलाई आम्दानीको स्रोत भएको छ । सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ । तरकारी बेच्न काठमाडौं नै पुग्नुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य भएको छ ।

धार्के–सीतापाइला सडक हालै बनेको भने होइन । नागढुंगा–नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाट नै यसको निर्माण सुरु गरिएको थियो । अहिले पनि पूर्ण रुपमा निर्माण सकिएको छैन । केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १२ : ५६ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ