जनता आवास कार्यक्रमअन्तर्गत २० घर निर्माण हुँदै, ७० लाख बजेट विनियोजन « Khabarhub

जनता आवास कार्यक्रमअन्तर्गत २० घर निर्माण हुँदै, ७० लाख बजेट विनियोजन


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन कार्यालय कैलालीमार्फत चालु आर्थिक वर्ष २०८१-८२ मा उक्त घर निर्माण हुने भएका हुन् ।

प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० वटा दुई कोठे घर निर्माण हुन लागेको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए ।

उनले हालसम्म १५ घर निर्माणका लागि सम्झौता भएर निर्माण कार्य सुरु भइसकेको छ । कैलालीको भजनी नगरपालिकाका–२, ५, ८ र ९ मा १० र कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका ३ र ७ मा पाँच घर निर्माणको काम सुरु भइसकेको उनले जानकारी दिए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ र १२ मा पाँच घर निर्माण गरिने जनाउँदै उनले लाभग्राहीको नामावली छनोट भइसकेको र छिट्टै निर्माण सम्झौता भएर काम अघि बढ्ने बताए। २० वटा घर निर्माणका लागि प्रदेश सरकारले चालु आवमा ७० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

कैलालीमा प्रतिघर निर्माण लागत अनुमान चार लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत अनुमान रु चार लाख ९६ हजार २३३ रहेकामा कार्यालयले प्रतिघर निर्माणका लागि तीन लाख ५० हजार उपलब्ध गराउने तथा बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गर्ने उनले जानकारी दिए। उनले चालु आवमै सबै घर निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको बताए।

रासस

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  २ : ०७ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित