मदन भण्डारी हत्या प्रकरणका अपराधीलाई नाङ्गेझार पार्नुपर्छ : माधव नेपाल « Khabarhub

मदन भण्डारी हत्या प्रकरणका अपराधीलाई नाङ्गेझार पार्नुपर्छ : माधव नेपाल


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाका बारे उजागर हुनुपर्ने बताएका हुन् ।

३२औँ मदन-आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका विषयमा विभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

घटनाको छानविन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरूलाई नाङ्गेझार पार्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले मदन-आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे । 

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि मदन भण्डारीले गरेको योगदानको स्मरण गर्दै उनले अब आफूहरू कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले बिचार मिल्नेहरूसँग सहकार्य गर्दै मोर्चा बनाउने र सम्भव भए पार्टी एकता गरेर अघि बढ्ने बताए । कम्युनिष्ट आन्दोलनमा एकताबद्ध हुने र छाड्ने प्रक्रिया निरन्तर चल्ने भएकाले यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ३ : २७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि