लहानको पशुपति माविमा करोडौँ भ्रष्टाचार, अख्तियारले थाल्यो छानबिन « Khabarhub

लहानको पशुपति माविमा करोडौँ भ्रष्टाचार, अख्तियारले थाल्यो छानबिन

कांग्रेस केन्द्रीय सदस्य पद्म नारायण चौधरी अनुसन्धानमा तानिए


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहाको लहान नगरपालिका–१ पशुपति आदर्श माविले पसलका लागि सटर भाडामा लगाउने नाउँमा व्यपारीहरुसँग करोडौँ रुपैयाँ असुलेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासले छानबिन थालेका छन् । 

उक्त छानबिनमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद्म नारायण चौधरी तानिएका छन् । चौधरी सांसद भएकै बेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत थिए । उनकै कार्यकालमा व्यापारीहरूसँग रकम उठाएको थियो । 

८९ जनासँग व्यापारीहरूसँग व्यवस्थापन समितिको निर्णयको आधारमा विद्यालयले २ देखि ५ लाख सम्म गरेर ५ करोड भन्दा बढी रकम पसलका लागि सटर बनाउन असुलेका गरेका थिए । तर, पैसा उठाएको १२ वर्ष भन्दा बढी बितेपनि हाल सम्म सटर निर्माण गरिएको छैन । विद्यालयको खाताबाट रकम सबै खर्च भइसकेको देखिएको छ । न त सटर बन्यो न व्यापारीले जम्मा गरेको पैसा फिर्ता । त्यही सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासले अनुसन्धान थालेका छन् ।

समान्यतया सामुदायिक विद्यालयले स्थानीय तहको सिफारिसमा तोकिएको बैँकमा खाता खोलेर आर्थिक कारोबार गर्ने गरिन्छ । तर, यस विद्यालयले सम्बन्धित स्थानीय तह लहान नगरपालिकाको सहमति बेगर कुमारी बैँकमा खाता खोलेर सटर भाडामा लगाउने रकम जम्मा गरेको स्रोतले जनाएको छ । त्यसमा खाताबाट पैसा दुरुपयोग गरेका छन् । 

जानकारी अनुसार ०७० को संविधानसभा निर्वाचनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्म नारायण चौधरीले एक लजमा तत्कालीन प्रअ परमेश्वर रायलाई बोलाएर ५० लाखको चेक काट्न लगाएका थिए । सापटी स्वरुप चेक काट्न लगाएको पाएपछि प्रअ रायले पनि सापटी स्वरुप ५० लाख भन्दा बढी रकम चलाएको थियो । व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफ्नो चुनावमा त्यो रकम प्रयोग गरेको स्रोतको दाबी छ । 

तत्कालीन प्रअ राय पनि अवकाश पाइसकेका छन् । विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि फेरिएका छन् । अहिलेका अध्यक्ष धिरेन्द्र चौधरी छन् । उनी पनि पद्म नारायण नजिकका भएको स्थानीय अभिभावकको भनाई छ । नयाँ प्रअ र अध्यक्ष आएपनि व्यापारीको समस्या समाधान भएको छैन् ।

अख्तियार बर्दिवास कार्यालयले पहिलो चरणमा लहान नगरपालिकालाई छानबिन गरी कागजात र रायसहित पठाउन पत्र नै काटेका छन् । नगरपालिकाको सूक्ष्म तरिकाले छानबिन र कागजात पठाए व्यापारीले न्याय पाउने र भ्रष्टाचार गर्नेहरू कारवाही पर्ने स्थानीय एक अगुवाले जानकारी गराए ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ४ : ३८ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।