इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव « Khabarhub

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तेहरान छाड्नु उपयुक्त हुने धारणा राखेका छन्।

इजरायलले उत्तर पूर्वी तेहरानका बासिन्दाले त्यो स्थान छाड्नु उपयुक्त हुने धारणा राखेको केही समयपछि ट्रम्पले सामाजिक सञ्जालमा सो कुरा उल्लेख गरेका हुन्।

इजरायलले इरानको सैन्य संरचनामा प्रहार गर्ने जनाएको थियो। यसैगरी ट्रम्पले सामाजिक सञ्जालमा इरानले कुनै पनि हालतमा आणविक हतियार राख्न नपाउने कुरामा जोड दिएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले सो कुरा उल्लेख गरेको केही समयपछि नै तेहरानमा विस्फोटको आवाज सुनिएको थियो। यसैगरी सोमबार राति नै इरानले इजरायललाई मिसाइल प्रहार गरेको छ। यसको पूर्ण विवरण आइसकेको छैन।

राष्ट्र सङ्घका लागि इरानी दूत अमिर सायद इरभानीले इरानको आत्मरक्षा गर्न पाउने अधिकार रहेको उल्लेख गरेका छन्। उनले इजरायलले सर्वसाधारणमाथि आक्रमण गरेको आरोप लगाउँदै यस्तो बताएका हुन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ५७ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद