इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव « Khabarhub

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तेहरान छाड्नु उपयुक्त हुने धारणा राखेका छन्।

इजरायलले उत्तर पूर्वी तेहरानका बासिन्दाले त्यो स्थान छाड्नु उपयुक्त हुने धारणा राखेको केही समयपछि ट्रम्पले सामाजिक सञ्जालमा सो कुरा उल्लेख गरेका हुन्।

इजरायलले इरानको सैन्य संरचनामा प्रहार गर्ने जनाएको थियो। यसैगरी ट्रम्पले सामाजिक सञ्जालमा इरानले कुनै पनि हालतमा आणविक हतियार राख्न नपाउने कुरामा जोड दिएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले सो कुरा उल्लेख गरेको केही समयपछि नै तेहरानमा विस्फोटको आवाज सुनिएको थियो। यसैगरी सोमबार राति नै इरानले इजरायललाई मिसाइल प्रहार गरेको छ। यसको पूर्ण विवरण आइसकेको छैन।

राष्ट्र सङ्घका लागि इरानी दूत अमिर सायद इरभानीले इरानको आत्मरक्षा गर्न पाउने अधिकार रहेको उल्लेख गरेका छन्। उनले इजरायलले सर्वसाधारणमाथि आक्रमण गरेको आरोप लगाउँदै यस्तो बताएका हुन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ५७ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा