सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक « Khabarhub

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’को अमेरिकाको कोलोराडो राज्यको गोल्डन सहरमा सार्वजनिक गरिएको छ ।

यो उपन्यासकार भोजपुरेको नेपालीमा भाषामा लिखित ‘सगरमाथाभन्दा माथि’को अनूदित रुप हो । उपन्यासको अनुवाद भुवन थपलिया र सम्पादन अनुवादक युयुत्सु आरडी शर्माले गरेका छन् ।

कृतिमा नायकलाई १० पटकसम्म सगरमाथा आरोहण गराइएको छ । साउथ कोलमा भएको एउटा घटनापछि सगरमाथा चढ्न रोक लगाइएका शेर्पाको अस्टे«लिया निर्वासन र फरक पहिचानमा केही वर्षपछि नेपाल फर्किएर सगरमाथाबिना बाँचेको जीवनका बारेमा उपन्यासमा वर्णन गरिएको छ ।

कृतिको लोकसेवा आयोगका पूर्वसदस्य उर्मिला श्रेष्ठ, नातिनी यहावी, नाति प्रवरराजा मोक्तान र प्रहरराजा मोक्तान, पासाङमाया शेर्पा, कर्मा शेर्पा र साहित्यकार शर्माले संयुक्त रूपमा विमोचन गरे ।

सङ्गीतकर्मी गणेश रसिकको १३औँ पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा उपन्यासकार भोजपुरेले सगरमाथाको फेदमा रहेको पाङ्बोचे गाउँमा जन्मिएका आङ्छोतरे शेर्पा उपन्यासको नायक भएको जनाउँदै आफूले लुक्ला नटेके पनि यसमा शेर्पाहरूको जीवन, सङ्घर्ष, अनुभव र अनुभूतिसँंगै लुक्ला, सगरमाथा आधार शिविर, साउथ कोल र चुचुराको समेत बयान रहेको बताए ।

भोजपुरको देउरालीमा १९९९ साल मङ्सिर १२ गते जन्मिएका हिरण्य श्रेष्ठ नै हिरण्य भोजपुरे नामले चिनिन्छन् । (रासस)

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : ३२ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा