सङ्घीय निजामती विधेयक आज पारित गरिँदै | Khabarhub Khabarhub

सङ्घीय निजामती विधेयक आज पारित गरिँदै


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारी कर्मचारी र प्रशासन क्षेत्रले महत्वका साथ पर्खिरहेको सङ्घीय निजामती विधेयक आज पारित गरिने भएको छ ।

आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । मन्त्री गुप्ताले विधेयक पेश गरेलगत्तै आवश्यक छलफलपश्चात आजै पारित गर्ने तयारी छ ।

गएको आइतबार राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ प्रतिनिधि सभा बैठकमा पेश गरेका थिए ।

प्रतिनिधि सभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।

विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको थियो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको विधेयक सभामुखले प्रमाणीकरण गरेपछि राजपत्रमा छापिनेछ । त्यसपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : १३ बजे

अधिकार सम्पन्न बागमती आयोजना बजेट खर्च गर्न असक्षम, गत वर्षमा जम्मा २४ प्रतिशत खर्च

काठमाडौं– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बजेट खर्च

‘आँबाट आमा’मा सिम्रन अनुबन्ध, दोस्रो फिल्ममा पलसँग रोमान्स गर्ने पक्का

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘होस्टल’बाट ठूलो पर्दामा डेब्यू

विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन्

काठमाडौंको गर्मी ! (तस्बिरहरू)

 काठमाडौं– मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौं उपत्यकामा गर्मी

एमाले बैठक : पूर्वराष्ट्रपति भण्डारीबारे स्पष्ट राजनीतिक निर्णय गर्न सुझाव

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी