नेपाल हिन्दू राष्ट्र नहुनुमा भारतीय कांग्रेसको अहङ्कारी र वंशवादी नीति जिम्मेवार : भाजपा सांसद दुबे « Khabarhub

नेपाल हिन्दू राष्ट्र नहुनुमा भारतीय कांग्रेसको अहङ्कारी र वंशवादी नीति जिम्मेवार : भाजपा सांसद दुबे


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टी भाजपाका सांसद डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै दुबेले ऐतिहासिक घटनाक्रमको सिलसिलामा कांग्रेसले खेलेको भूमिकाको असर भारत तथा नेपाल दुबैले ब्यहोर्नु परेको बताएका छन् ।

उनका अनुसार सन् १९८८ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपालको भ्रमणमा गएका थिए । उनले पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहेका थिए, तर मन्दिर प्रशासनले गैर–हिन्दूलाई प्रवेश निषेध गर्ने नीतिअनुसार अनुमति दिएको थिएन र त्यसपछि भारतले नेपालमा पठाइने सामग्रीहरूमा सीमा शुल्क बढाएर आर्थिक दबाब सिर्जना गर्‍यो ।

दुबेका अनुसार उक्त दबाबपछि नेपालका तत्कालीन राजा वीरेन्द्रले युद्धको सम्भावनालाई ध्यानमा राख्दै चीनसँग हतियार र खाद्यान्न आपूर्तिका लागि समझौता गरेका थिए । यसको प्रतिक्रियास्वरूप भारतले सन् १९८९ मा नेपालमाथि औपचारिक आर्थिक नाकाबन्दी गर्‍यो ।

उनको दाबी अनुसार त्यसपछि भारतीय गुप्तचर संस्था रअका अधिकारी अमर भूषणलाई नेपालमा सक्रिय गराई राजा वीरेन्द्रलाई हटाउने र चीन समर्थित माओवादी नेता प्रचण्डलाई सत्तामा ल्याउने रणनीति अघि बढाइएको थियो । सोही प्रक्रियाबाट नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रमा परिणत भएको उनले उल्लेख गरेका छन् ।

उनले भारतीय कांग्रेसले धार्मिक मूल्यमान्यता र छिमेकी राष्ट्रहरूको संवेदनशीलता नबुझी अहङ्कारी र वंशवादी नीति अपनाएको कारण नेपालजस्तो ऐतिहासिक हिन्दू राष्ट्रले आफ्नो पहिचान गुमाउनु परेको हो । उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा यसबारे चर्को बहस शुरु भएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : २२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल