नेपाल हिन्दू राष्ट्र नहुनुमा भारतीय कांग्रेसको अहङ्कारी र वंशवादी नीति जिम्मेवार : भाजपा सांसद दुबे « Khabarhub

नेपाल हिन्दू राष्ट्र नहुनुमा भारतीय कांग्रेसको अहङ्कारी र वंशवादी नीति जिम्मेवार : भाजपा सांसद दुबे


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टी भाजपाका सांसद डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै दुबेले ऐतिहासिक घटनाक्रमको सिलसिलामा कांग्रेसले खेलेको भूमिकाको असर भारत तथा नेपाल दुबैले ब्यहोर्नु परेको बताएका छन् ।

उनका अनुसार सन् १९८८ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपालको भ्रमणमा गएका थिए । उनले पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहेका थिए, तर मन्दिर प्रशासनले गैर–हिन्दूलाई प्रवेश निषेध गर्ने नीतिअनुसार अनुमति दिएको थिएन र त्यसपछि भारतले नेपालमा पठाइने सामग्रीहरूमा सीमा शुल्क बढाएर आर्थिक दबाब सिर्जना गर्‍यो ।

दुबेका अनुसार उक्त दबाबपछि नेपालका तत्कालीन राजा वीरेन्द्रले युद्धको सम्भावनालाई ध्यानमा राख्दै चीनसँग हतियार र खाद्यान्न आपूर्तिका लागि समझौता गरेका थिए । यसको प्रतिक्रियास्वरूप भारतले सन् १९८९ मा नेपालमाथि औपचारिक आर्थिक नाकाबन्दी गर्‍यो ।

उनको दाबी अनुसार त्यसपछि भारतीय गुप्तचर संस्था रअका अधिकारी अमर भूषणलाई नेपालमा सक्रिय गराई राजा वीरेन्द्रलाई हटाउने र चीन समर्थित माओवादी नेता प्रचण्डलाई सत्तामा ल्याउने रणनीति अघि बढाइएको थियो । सोही प्रक्रियाबाट नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रमा परिणत भएको उनले उल्लेख गरेका छन् ।

उनले भारतीय कांग्रेसले धार्मिक मूल्यमान्यता र छिमेकी राष्ट्रहरूको संवेदनशीलता नबुझी अहङ्कारी र वंशवादी नीति अपनाएको कारण नेपालजस्तो ऐतिहासिक हिन्दू राष्ट्रले आफ्नो पहिचान गुमाउनु परेको हो । उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा यसबारे चर्को बहस शुरु भएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : २२ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब