दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमाले | Khabarhub Khabarhub

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमाले


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका युवा नेताहरू भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रप्रति आक्रामक ढंगले पेस भइरहेका छन् । 

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति गरेर प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि सहमति जनाएको साता दिन नबित्दै एमालेका नेताहरू कटाक्षमा उत्रिएका हुन् । 

एमाले सांसद सूर्यबहादुर थापाक्षेत्रीले दुई बुँदे सहमतिपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विगत ६–७ महिनादेखि पलाएको पखेटा काटिएजस्तै भएको टिप्पणी गरेका छन् । 

‘म त असाध्यै लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसाते नै भयो,’ उनले मंगलबार सामाजिक सञ्जाल फेसबकुमा कटाक्ष गर्दै लेखेका छन्, ‘आफैँलाई हेर्दै मुस्कुराउँदै, दंग पर्दै गरेको ऐना पनि झ¥याम–झुरूम भयो ।’

थापाले पछिल्लो समय माओवादी केन्द्रका नेता–कार्यकर्ताले नेतृत्वको श्रद्धा गर्नुपर्ने भए पनि श्राद्ध गरिरहेका पनि टिप्पणी गरेका छन् । उनले ०८४ को निर्वाचनमा माओवादी केन्द्रले ९ सिट जित्ने खिसिट्युरी पनि गरेका छन् । 

‘माओवादी केन्द्रकै नेता–कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा होइन, श्राद्ध पो गरिरहेका  छन् । अनि, २०८४ मा बहुमत नै आउने त भयो, होइन ?,’ प्रश्न गर्दै सांसद थापाले लेखेका छन्, ‘तर २७५ को बहुमत १३८ होइन, ३२ को बहुमत १७ सम्म रुरुरु, १७ को बहुमत ९ त आउला भनेर कामना गरौँ ।’

उनले अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई ‘ब्रोइलर’ कुखुरासँग तुलना गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै रास्वपाका सांसदहरू संसद् बैठकमा पलेंटी बसेर बसेकाले उनले ‘ब्रोइलर’ कुखुरासँग तुलना गरेका हुन् ।   

‘जुनसुकै राजनीतिक पार्टीको गलत माग र जबर्जस्तीको परिणाम अन्ततः सम्झौता गर्दासमेत प्रचण्डको जस्तो र अझ अघि बढ्दा त झन् रास्वपाको संसद् बैठकभित्र जारी पलेंटी कसेजस्तो त हुने रहेछ,’ थापाले लेखेका छन्, ‘एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुँईंमा निदाउनु पर्ने ‘बोइलर’हरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर रु त्यसै रत्नपार्क, कलंकी र पोखराको चिप्लेढुंगामा नाराजुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस् भनिएको होइन नि ।’

यसअघि एमालेका अर्का युवा नेता विष्णु रिजालले सोमबार दुई बुँदे सहमतिको रुमालले मुख छोप्दै पछि हट्दा माओवादी आफ्नै पंक्तिभित्र तीब्र आलोचित भइरहेको टिप्पणी गरेका थिए । 

‘हौसिएर गृहमन्त्रीको राजीनामाको माग उठाइहालेपछि दुई बुँदे सहमतिको रुमालले मुख छोप्दै पछि हट्दा माओवादी आफ्नै पंक्तिभित्र तीब्र आलोचित भइरहेको छ,’ उनले एक्स ९ट्विटर०मा लेखेका थिए । 

नेता रिजालले माओवादी केन्द्रभन्दा ठूलो संकटमा रास्वपा फसेको पनि टिप्पणी गरेका थिए । ‘यसभन्दा ठूलो संकटमा रास्वपा फसेको छ । रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद् चल्नु–नचल्नुसँग मतलब छैन,’ उनले लेखेका छन्, ‘संसद्मा रास्वपा नेतृत्वविहीन छ र गृहमन्त्रीको राजीनामाको मागमा नराम्ररी फसेको छ ।’

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले संसद्मा बैठक जति–जति अवरोध गर्छ त्यति–त्यति अप्ठ्यारोमा पर्ने उनको विश्लेषण छ । ‘रास्वपाले जति अवरोध गर्छ, त्यति अप्ठेरोमा पर्छ,’ रिजालले लेखेका छन्, ‘जब पछि हट्छ, त्यसपछि माओवादीको भन्दा पनि बढी आलोचना हुन्छ । सायद यसैलाई भन्छन्, ‘नखाऊँ भने दिनभरिको शिकार, खाउँ भने।’

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : २७ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज