इरानको राजधानी तेहरानमा रहेका आफ्ना विद्यार्थीलाई भारतले निकाल्यो « Khabarhub

इरानको राजधानी तेहरानमा रहेका आफ्ना विद्यार्थीलाई भारतले निकाल्यो


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले इरानको राजधानी तेहरानमा रहेका आफ्ना विद्यार्थीलाई त्यहाँबाट निकालेको छ । भारतीय विदेश मन्त्रालयले तेहरानमा रहेका भारतीय विद्यार्थी निस्किएको जनाएको हो ।

इरान छाड्न चाहने तीमध्ये केही विद्यार्थी अर्मेनियाको बाटो भएर जान सक्ने मन्त्रालयले उल्लेख गरेको छ । भारत सरकारले आफ्ना नागरिकलाई त्यहाँबाट निकाल्ने पहल थालेको छ । यसका लागि भारतले विभिन्न च्यानल उपयोग गरिरहेको अमेरिकी टेलिभिजन सीएनएनले उल्लेख गरेको छ ।

‘तेहरानमा रहेका भारतीय विद्यार्थी राजदूतावासको समन्वयमा सुरक्षाका कारण निस्किएका छन् ।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयवसालले मंगलबार भनेका छन् । उनले यातायातमा आत्मनिर्भर रहेका केही भारतीयलाई पनि इरान छाड्न भनिएको जानकारी दिए ।

उनले भारतीय राजदूतावास इरानमा रहेका भारतीयहरुसँग नियमित सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

पछिल्लो समय इरानमा भारतीय विद्यार्थीको सङ्ख्या बढ्दै गएको बताइन्छ । भारतीय विद्यार्थीहरु खासगरी चिकित्सा एवम् औषधिविज्ञान अध्ययन गर्न इरान जाने गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ४१ बजे

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट