महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने « Khabarhub

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

काठमाडौं महानगरपालिका वडा–२२ को आयोजनामा राष्ट्रिय सभागृहमा मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप हुने मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । काठमाडौं महानगरपालिका वडा–२२ ले प्रतियोगिताको सम्पूर्ण तयार पुरा भइसकेको जनाएको छ ।

प्रतियोगितामा काठमाडौं महानगरका ३२ वटै वडामा रहेका स्थायी र अस्थायी रूपमा बसोबास गर्ने खेलाडीले प्रतिस्पर्धा जनाउने प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । प्रत्येक तौल समूहका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ७५, ५० र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको श्रेष्ठले बताए ।  

काठमाडौं महानगर वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले महानगरमा खेल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक बडिबिल्डिङ प्रतियोगिता आयोजना गरिन लागिएको बताए । 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ४१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका