महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने « Khabarhub

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

काठमाडौं महानगरपालिका वडा–२२ को आयोजनामा राष्ट्रिय सभागृहमा मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप हुने मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । काठमाडौं महानगरपालिका वडा–२२ ले प्रतियोगिताको सम्पूर्ण तयार पुरा भइसकेको जनाएको छ ।

प्रतियोगितामा काठमाडौं महानगरका ३२ वटै वडामा रहेका स्थायी र अस्थायी रूपमा बसोबास गर्ने खेलाडीले प्रतिस्पर्धा जनाउने प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । प्रत्येक तौल समूहका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ७५, ५० र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको श्रेष्ठले बताए ।  

काठमाडौं महानगर वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले महानगरमा खेल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक बडिबिल्डिङ प्रतियोगिता आयोजना गरिन लागिएको बताए । 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ४१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि