महोत्तरीमा घट्दै ट्राफिक कारबाही « Khabarhub

महोत्तरीमा घट्दै ट्राफिक कारबाही


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार बर्सेनि कारबाहीको सङ्ख्या घट्दै गएको देखिएको हो ।
    
चालु आर्थिक वर्षको गत जेठ मसान्तसम्ममा कारबाही सङ्ख्या २४ हजार ४६४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त सङ्ख्या ३५ हजार ९२७ र त्यसभन्दा अघिल्लो आव २०७९-८० मा ३७ हजार १५० थियो ।

‘सवारी साधनको सङ्ख्या दिनहुँ बढ्दो छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘ट्राफिक सचेतना कार्यक्रमको प्रभावले हुनसक्छ, हामीले नियमित चेकजाँच बढाए पनि कारबाही गर्नुपर्ने अवस्था घटेका छन् ।’ सडक दुर्घटना र मानवीय क्षतिका घटना पनि घट्दै गएको उनको भनाइ छ । 

कारबाही सङ्ख्या घटे पनि ठूला सवारीसाधनका चालकहरू बढी कारबाहीमा पर्दा राजस्व भने वृद्धि भएको जोशीले स्पष्ट पारे । चालु आवमा दुई करोड ३३ लाख ६१ हजार ५०४ राजस्व संकलन भइसकेको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ५७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब