महोत्तरीमा घट्दै ट्राफिक कारबाही « Khabarhub

महोत्तरीमा घट्दै ट्राफिक कारबाही


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार बर्सेनि कारबाहीको सङ्ख्या घट्दै गएको देखिएको हो ।
    
चालु आर्थिक वर्षको गत जेठ मसान्तसम्ममा कारबाही सङ्ख्या २४ हजार ४६४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त सङ्ख्या ३५ हजार ९२७ र त्यसभन्दा अघिल्लो आव २०७९-८० मा ३७ हजार १५० थियो ।

‘सवारी साधनको सङ्ख्या दिनहुँ बढ्दो छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘ट्राफिक सचेतना कार्यक्रमको प्रभावले हुनसक्छ, हामीले नियमित चेकजाँच बढाए पनि कारबाही गर्नुपर्ने अवस्था घटेका छन् ।’ सडक दुर्घटना र मानवीय क्षतिका घटना पनि घट्दै गएको उनको भनाइ छ । 

कारबाही सङ्ख्या घटे पनि ठूला सवारीसाधनका चालकहरू बढी कारबाहीमा पर्दा राजस्व भने वृद्धि भएको जोशीले स्पष्ट पारे । चालु आवमा दुई करोड ३३ लाख ६१ हजार ५०४ राजस्व संकलन भइसकेको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ५७ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र