भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान गरिएको छ । जी ७ सम्मेलनमा सहभागी हुन क्यानाडा जानुअघि साइप्रस भ्रमणमा रहेका प्रधानमन्त्री मोदीलाई त्यहाँको सर्वोच्च नागरिक सम्मान ग्राण्ड क्रस अफ दर अर्डर अफ माकारियोस तृतीय प्रदान गरिएको हो ।

सम्मान प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले कृतज्ञता प्रकट गरेका छन् । उनले भनेका छन्, ‘साइप्रसको ग्राण्ड क्रस अफ दर अर्डर अफ माकारियोस तृतीय प्राप्त गरेकोमा कृतज्ञ छु । म यसलाई हाम्रा राष्ट्रबीच कायम मित्रताप्रति समर्पित गर्न चाहन्छु ।’

साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेसले प्रधानमन्त्री मोदीलाई यस सम्मान प्रदान गरेको भारतीय समाचास संस्था प्रेस ट्रष्ट अफ इण्डियाले उल्लेख गरेको छ । उनले दुई मुलुकबीचको सम्बन्धले थप उचाइ प्राप्त गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

साइप्रसका प्रथम राष्ट्रपति आर्चबिशप मकारियोस तृतीयका नाममा यस सम्मान प्रदान गरिन्छ । प्रधानमन्त्री मोदी साइप्रसको भ्रमण सकेर क्यानाडासँगै क्रोएशियाको पनि भ्रमणमा जाने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : १४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका