जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा « Khabarhub

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन क्यानाडा पुगेका छन् । प्रधानमन्त्री मोदी क्यानाडाको कालगरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

जी ७ को सम्मेलन अल्बेर्टा प्रान्तको कानानास्किस नामक गाउँमा आयोजना भइरहेको छ । सन् २०१५ पछि भारतीय प्रधानमन्त्रीले पहिलो पटक क्यानाडाको भ्रमण गरेका हुन् ।

मोदीलाई जी ७ को शिखर सम्मेलनमा सहभागी हुन क्यानाडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीले औपचारिक निम्तो पठाएका थिए । पछिल्लो समय क्यानाडा र भारतबीच सम्बन्ध चिसिएको बताइएका बेला प्रधानमन्त्री मोदी क्यानाडा पुगेका हुन् ।

क्यानाडामा रहँदा प्रधानमन्त्री मोदीले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने र महत्वपूर्ण विषयमा छलफल गर्ने जनाइएको छ । यससँगै उनले हालै भारतले पाकिस्तानी भूमिमा सञ्चालन गरेको अपरेशन सिन्दुरबारे पनि अन्तर्राष्ट्रिय नेताहरुलाई जानकारी दिने एनडीटीभीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ४१ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार