संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण « Khabarhub

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र मेघ आलेमाथि स्याङ्जाको वालिङ नगरपालिका-१० का वडाध्यक्ष सुनील खनालले साङ्घातिक आक्रमण गरेका छन्‌ ।

आक्रमणबाट नेपालको टाउको र हातमा चोट लागेको छ । उनले लगाएको हेलमेट नै फुटेको छ । आलेलाई पनि वडाध्यक्ष खनालसहितका दुई जनाले नालामा फालिदिएका छन्‌ ।

आँधीखोलाको दोहनविरुद्ध विरोध कार्यक्रममा सहभागी भएर फर्कँदै गर्दा बाटैमा आक्रमण भएको नेपालले फेसबुक लाइभमा उल्लेख गरेका छन्‌ । खनालले आफूलाई कार्यक्रम स्थलमै धम्क्याएको नेपालले बताएका छन्‌ ।

नेपालले फेसबुकमा गरेको लाइभ भिडियोमा वडाध्यक्षले आक्रमण गर्न आउँदा चढेको ग १ च ८५९० नम्बरको गाडी पनि देखिन्छ ।

‘आज हामीले नदी संरक्षणका लागि बोल्दै गर्दा, आँधीखोलाको दोहन रोक्न खोज्दा हामीलाई धम्क्याएर निस्केका थिए । पछि बाटो रोकेर हामीलाई घुम्तीनेर आक्रमण गरे’, नेपालले भिडियोमा भनेका छन्‌, ‘एउटा जनप्रतिनिधिबाट यो तहको गुण्डागर्दी भएको छ । हामीमाथि फलामको रडले टाउकोमा सुनील खनाल र अर्को एक जना व्यक्तिले प्रहार गरे । मैले हातले छेकेँ, धन्न हेलमेट लगाएको थिएँ, ज्यान जोगियो ।’

आक्रमणबारे बुझ्न खोज्दा वडाध्यक्ष खनालसँग भने सम्पर्क हुन सकेन । वडाध्यक्ष खनाल गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी उम्मेदवार हुन्‌ ।

कूटनीतिक र राजनीतिक लगायत मामिलामा कलम चलाउने नेपाल स्थापित स्तम्भकार हुन्‌ । बेलायतको लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिक्समा सार्वजनिक नीति विश्लेषण अध्ययन गरेका नेपाल विभिन्न नीतिप्रधान संस्थामा पनि आवद्ध छन्‌ ।

पछिल्लो समय उनी गृहजिल्ला स्याङ्जामै सक्रिय छन्‌ ।

आक्रमण भएपछि नेपालको फेसबुक लाइभ भिडियो :

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : १३ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब