संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण | Khabarhub Khabarhub

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र मेघ आलेमाथि स्याङ्जाको वालिङ नगरपालिका-१० का वडाध्यक्ष सुनील खनालले साङ्घातिक आक्रमण गरेका छन्‌ ।

आक्रमणबाट नेपालको टाउको र हातमा चोट लागेको छ । उनले लगाएको हेलमेट नै फुटेको छ । आलेलाई पनि वडाध्यक्ष खनालसहितका दुई जनाले नालामा फालिदिएका छन्‌ ।

आँधीखोलाको दोहनविरुद्ध विरोध कार्यक्रममा सहभागी भएर फर्कँदै गर्दा बाटैमा आक्रमण भएको नेपालले फेसबुक लाइभमा उल्लेख गरेका छन्‌ । खनालले आफूलाई कार्यक्रम स्थलमै धम्क्याएको नेपालले बताएका छन्‌ ।

नेपालले फेसबुकमा गरेको लाइभ भिडियोमा वडाध्यक्षले आक्रमण गर्न आउँदा चढेको ग १ च ८५९० नम्बरको गाडी पनि देखिन्छ ।

‘आज हामीले नदी संरक्षणका लागि बोल्दै गर्दा, आँधीखोलाको दोहन रोक्न खोज्दा हामीलाई धम्क्याएर निस्केका थिए । पछि बाटो रोकेर हामीलाई घुम्तीनेर आक्रमण गरे’, नेपालले भिडियोमा भनेका छन्‌, ‘एउटा जनप्रतिनिधिबाट यो तहको गुण्डागर्दी भएको छ । हामीमाथि फलामको रडले टाउकोमा सुनील खनाल र अर्को एक जना व्यक्तिले प्रहार गरे । मैले हातले छेकेँ, धन्न हेलमेट लगाएको थिएँ, ज्यान जोगियो ।’

आक्रमणबारे बुझ्न खोज्दा वडाध्यक्ष खनालसँग भने सम्पर्क हुन सकेन । वडाध्यक्ष खनाल गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी उम्मेदवार हुन्‌ ।

कूटनीतिक र राजनीतिक लगायत मामिलामा कलम चलाउने नेपाल स्थापित स्तम्भकार हुन्‌ । बेलायतको लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिक्समा सार्वजनिक नीति विश्लेषण अध्ययन गरेका नेपाल विभिन्न नीतिप्रधान संस्थामा पनि आवद्ध छन्‌ ।

पछिल्लो समय उनी गृहजिल्ला स्याङ्जामै सक्रिय छन्‌ ।

आक्रमण भएपछि नेपालको फेसबुक लाइभ भिडियो :

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : १३ बजे

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै

काठमाडौं– आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ ।