चार अर्ब बढी राजस्व संकलन | Khabarhub Khabarhub

चार अर्ब बढी राजस्व संकलन


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८०-८१ को भन्दा आव २०८१-८२ मा चार अर्ब ५२ करोड २५ लाख बढी राजस्व संकलन गरेको छ । अघिल्लो आवमा रु २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार राजस्व संकलन भएकामा गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार संकलन भएको हो ।
 
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार गत आर्थिक वर्षमा लक्ष्यको ९४ दशमलव ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा लक्ष्यको ७३ दशमलव ६४ प्रतिशत मात्रै संकलन भएको थियो । आव २०७९-८० मा लक्ष्यको ७७ दशमलव ९४ प्रतिशत राजस्व संकलन भएको उहाँले जानकारी दिए।

कार्यालयले गत आर्थिक वर्षमा सुरुवाती समयदेखि साना तथा ठूला सबै करदाताको विवरण अध्ययन गरी आवश्यक राजस्व संकलनमा जोड दिएको जनाएको छ । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले कर नतिर्ने करदातालाई घरघरमा पत्राचार गरेर कर संकलन अभियानलाई तीव्रता दिइएको बताए । कार्यालयले करदातालाई टेलिफोन गरेर कार्यालयमा बोलाई राजस्व तिर्न प्रोत्साहन गरेको थियो । उद्योग वाणिज्यसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरेर करशिक्षा कार्यक्रमसमेत आयोजना गरिएको उनको भनाइ छ ।

कर नतिर्ने करदातालाई कालोसूचीमा राख्ने काम गरिएको बताउँदै प्रमुख खड्काले कोभिडपछि कार्यालयले आव २०८१-८२ मा सबैभन्दा बढी राजस्व संकलन भएको जानकारी दिए । सूचना अधिकारी पौडेलले निरन्तर मिहिनेत गरेकाले राजस्व बढाउन सकिएको बताउँदै लक्ष्यमा पुग्न अझै नसकिएको उल्लेख गरे । 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : १९ बजे

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

वीरगञ्ज– मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज

ज्योति विकास बैंकले पायो ‘आईएसओ २७००१:२०२२’ प्रमाणपत्र​

काठमाडौं– ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ – जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ

खल्ती र आईएमई मर्ज, आजैबाट सुरू भयो एकीकृत सेवा सञ्चालन

काठमाडौं– आईएमई पे र खल्ती मर्ज भएर, साउन १ गतेदेखि

युक्रेनले पायो नयाँ प्रधानमन्त्री

एजेन्सी – युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार