आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ « Khabarhub

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः आग्रह गरेका छन् । 

शुक्रबार कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा निर्वाचन सुरक्षा सम्बन्धी छलफलमा सहभागी भएर विराटनगर पुगेका भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त सम्पूर्ण उजुरीहरू फागुन २० गतेभित्र टुङ्ग्याइने समेत बताए ।

उनले निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै उजुरीहरूको अन्तिम निर्णय गरिने जानकारी दिए । उनका अनुसार हालसम्म आचारसंहिता उल्लंघनसम्बन्धी करिब १ हजार उजुरीमाथि कारबाही भइसकेको छ । 

तीमध्ये केही प्रकरणमा सजायमुखी निर्णयसमेत गरिएको उनले बताए । आचारसंहिता कार्यान्वयनमा कुनै सम्झौता हुने भन्दै भण्डारीले अनुगमन संयन्त्रलाई थप सक्रिय बनाइएको जानकारी दिए ।

यसैबीच, बीबीसीले प्रसारण गरेको एक डकुमेन्ट्रीबारे सोधिएको प्रश्नमा भण्डारीले उक्त विषय कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको बताए । 

भण्डारीले सबै पक्षलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गर्दै स्वच्छ र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल समेत गरे । 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : ३७ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं-सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना