आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ « Khabarhub

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः आग्रह गरेका छन् । 

शुक्रबार कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा निर्वाचन सुरक्षा सम्बन्धी छलफलमा सहभागी भएर विराटनगर पुगेका भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त सम्पूर्ण उजुरीहरू फागुन २० गतेभित्र टुङ्ग्याइने समेत बताए ।

उनले निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै उजुरीहरूको अन्तिम निर्णय गरिने जानकारी दिए । उनका अनुसार हालसम्म आचारसंहिता उल्लंघनसम्बन्धी करिब १ हजार उजुरीमाथि कारबाही भइसकेको छ । 

तीमध्ये केही प्रकरणमा सजायमुखी निर्णयसमेत गरिएको उनले बताए । आचारसंहिता कार्यान्वयनमा कुनै सम्झौता हुने भन्दै भण्डारीले अनुगमन संयन्त्रलाई थप सक्रिय बनाइएको जानकारी दिए ।

यसैबीच, बीबीसीले प्रसारण गरेको एक डकुमेन्ट्रीबारे सोधिएको प्रश्नमा भण्डारीले उक्त विषय कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको बताए । 

भण्डारीले सबै पक्षलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गर्दै स्वच्छ र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल समेत गरे । 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : ३७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष