विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन् « Khabarhub

विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन्


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्न सबैभन्दा पहिले राजनीतिलाई बदल्नुपर्ने बताएका छन् ।

पोखरामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले सबै दल आवेग र उत्तेजनाबाट अलग्ग हुनुपर्ने बताए ।

‘उत्तेजना, आवेग, रिस र लहैलहैमा लागेर होइन, मतदाताले सोचेर मत दिन जरूरी छ’, उनले भने, ‘कसैलाई लाग्छ, भदौ २३ अगाडिको नेपाल सबै ठिक थियो । कसैलाई लाग्छ भदौ २३ अगाडिको देश सबै बेठिक थियो । कसैले भदौ २३ अगाडि खराबै खराब थियो भन्छ भने उसले निराशालाई बढाउँछ । कसैले राम्रै राम्रो थियो भन्छ भने त्यसले पनि प्रश्नलाई मार्छ ।’

उनले मतदातालाई आवेगमा नभएर, शान्तपूर्वक मतदान गर्न आग्रह गरे । ‘कसैले पुरानाका दिन गए भन्दा धर्मशास्त्र र धर्ती सबैभन्दा पुराना हुन् । के यिनको दिन गए भनेको हो त ? २०६४ सालमा माओवादीलाई झन्डै दुईतिहाइ दिएकै हो, देशले झन् दु:ख पायो’, उनले भने, ‘यस पटक पनि नयाँ रोज्दै गर्दा देशलाई दु:ख दिने कि विवेक पुर्‍याएर मतदान गर्ने ? यो बेलामा तपाईं हामीले संयमताका साथ सोच्न जरूरी छ ।’

उनले मूल प्रश्न कसले सिंहदरबारमा कमान्ड गरेर भदौ २३ र २४ पछिको आँधीहुरीबाट देशलाई निकाल्छ भन्ने रहेको बताए । ‘देशको कमान्ड सम्हाल्नुपर्ने आवश्यकता छ। हामीले कास्कीसँगै देशका लागि सोच्नुपर्नेछ । देशलाई बदल्न सबैभन्दा पहिले राजनीतिलाई बदलौँ’, उनले भने, ‘हामी राजनीतिक संस्कारलाई बदल्न चाहन्छौँ । दलहरूका मञ्चबाट गाली होइन, प्रेमलाई सम्प्रेषण गरौँ । निर्वाचनको मैदान दुष्मनी होइन, भ्रातृत्वको थलो बनाऊँ।’

उनले चुनावमा उत्रिएका दलहरूबीच काठमाडौंमा आगामी १८ गते होली खेल्दै राजनीतिक बहस गर्न प्रस्ताव गरेका छन् । शर्माले नयाँ दल र नयाँ ऊर्जालाई रोज्ने हो भने कांग्रेसलाई रोज्न अपिल गरे ।

‘चुपचाप फलाना चिह्नमा छाप होइन प्रश्न, गरौँ अनि मात्रै अघि बढौँ । सबै दलले चुनावअघि नै सहमति गरिराखेर देशमा सरकारलाई पाँच वर्ष टिक्ने गरी लैजाऊँ’, उनले भने, ‘सबै राजनीतिक दलहरू एक ठाउँ उभिएर सरकार टिकाउने काम गरौँ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : ५५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष