दैनिक दुई लाख हर्जना तिरेर यसरी भइरहेको छ त्रिवि क्रिकेट मैदानको काम (तस्बिरहरू) « Khabarhub

दैनिक दुई लाख हर्जना तिरेर यसरी भइरहेको छ त्रिवि क्रिकेट मैदानको काम (तस्बिरहरू)


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम धमाधम भइरहेको छ ।

समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ । सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । 

दैनिक दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।

प्यारापिट बनाउन ४९ करोड २५ लाख र फ्लड लाइट जडानका लागि ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो ।

यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइएको थियो । मंगलबारदेखि दैनिक हर्जना तिरेर काम भइरहेको छ। काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ । 

यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके कालोसूचीमा राख्ने व्यवस्था छ ।

निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको कार्यालयले जनाएको छ। अहिले चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लड लाइटमध्ये तीन वटा पोल आएको छ । 

प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लड लाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : ३१ बजे

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान