ठेकेदार भागेपछि बाजुराको ठुलीसाँघुमा काठेपुल बनाइयो « Khabarhub

ठेकेदार भागेपछि बाजुराको ठुलीसाँघुमा काठेपुल बनाइयो

यात्रुहरूलाई यात्रा गर्न सहज 


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको सदरमुकाम मार्तडी पुग्न वाउली खोली पार गरेरै आउनुपर्छ । कोल्टी क्षेत्रका चार वटा स्थानीय तहले होस्, की बडीमालिका नगरपालिकाका १, २ र ३ सहित गौमुल र खप्तड छेडेदह गाउँपालिकाबाट आउनेहरूले पनि वाउली खोला पार गर्नै पर्छ । तर दुवै तिरबाट आउनेका लागि बर्षादमा पुल वा साँघु त्यो बाहेक अर्को विकल्प छैन ।

वाउलीमा पनि पुल निर्माणको ठेक्का परेको चार वर्ष बितिसक्यो भने, ठूलीसाँघुस्थित वाउली खोलामा पनि तीन वर्ष बितिसकेको छ । तर दुवै तिरका ठेकेदार निर्माण कार्य अलपत्र पारेर फरार छन् । कोल्टी क्षेत्रबाट आउनेहरूका लागि पुरानै पुल छ । आउन जान सहज नै भइरहेको छ । 

तर ठुलीसाँघुको पुल भत्काएर नयाँ निर्माणको जिम्मा लिएको ठेकेदार फरार भएपछि आवत-जावत नै ठप्प बन्यो । आउने जाने यात्रुहरूका लागिसमेत वाउली खोलाको जोखिम पूर्ण यात्रा बाहेक अर्को विकल्प रहेछ । प्रहरी प्रशासन देखि राजनीति दल सबै ठेकेदार खोज्न र निर्माण गर्न दबाबमै लागे, तर ३ महिनादेखि ठेकेदार सम्पर्कमा आएका छैनन् । 

असारसम्म वारपारका लागि काठेपुल नै भए पनि निर्माण गर्ने र पक्की पुल आगामी वर्षभित्र बनाइसक्ने बचनसहित भएको पुल भत्काएर डिकोवल बिल्डर्स प्रा.लि.टंगालका प्रमुख सहित कोही प्रतिनिधि पनि सम्पर्कमा छैनन् ।

कम्पनीले नै अलपत्र अवस्थामा छोडेर गएको पुलमा काठे साँघु निर्माण गरिएको छ । बडीमालिका नगरपालिकाले आफ्नै पहलमा काठेसाँघु निर्माण गरेको पालिकाले बताएको छ ।

आउन जानै मुस्किल भएको र गौमुलको सिंगो गाउँपालिका नै सदरमुकामसँग सम्पर्क बाहिर हुने अवस्था आएपछि पक्की पुल नबनेसम्मका लागि काठेसाँघु निर्माण गरिएको पालिका प्रमुख अमर खड्काले बताए ।

पछि निर्माण कम्पनीबाटै असुल्ने वा अर्को कुनै योजना मार्फत खर्च जुटाउने सर्तमा पालिकाले आफ्नै लागतमा साँघु निर्माण गरेको हो । पुल भत्काएर थालेको निर्माण गति देखेर स्थानीय खुसी भएका थिए । तर अन्तिममा आएर ठेकेदार नै फरार भएपछि त्यो खुसी निराशामा परिणत भएको छ । 

गौमुलको सिंगो पालिका, बडीमालिकाकै १, २ र ३ नम्बर वडाको प्रमुख सम्पर्क बाटो हो, ठुलीसाँघु पुल । त्यसैमा बडीमालिका नगरपालिका ९ सदरमुकाम रहेकै वडाको उखाडी, चौराटा टोलका स्थानीय पनि त्यही पुलको प्रयोग गरी आवत जावत गर्ने गरेका छन् । वाउली खोलामा असोजसम्म सहज वारपार गर्न सक्ने अवस्था हुँदैन। 

पुल निर्माणका लागि १६ करोड २१ लाखमा सम्झौता गरिएको थियो । महाकाली पुल योजना कार्यालयका अनुसार ठेकेदारलाई ६ पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको देखिँदैन । प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याय सहित नगर प्रमुख र दलका नेताहरूले समेत ठेकेदारलाई सम्पर्क गरेका थिए । 

पुल निर्माणका लागि २०७७ फागुन १० गते भ्याटसहित डिकोवल बिल्डर्स प्रा.लि.का प्रमुख होमनाथ कोइरालाले सम्झौता गरेका थिए । पुल ३० मिटर लम्बाई र ११ मिटर चौडाइमा निर्माण गर्नु पर्ने सम्झौतामा उल्लेख छ । उक्त पुल निर्माण पछि तीन वटा स्थानीय तह र छिमेकी जिल्ला बझागसँग सडक सञ्जालमा जोडिने छ । 

वर्षेनी वर्षाद्को समयमा सास्ती खेप्दै आएका नागरिकहरू यो वर्ष थप समस्यामा परेका थिए । नागरिकलाई सास्ती भएपछि नगरपालिका माथि आलोचना बढेको थियो । स्थानीयले काठेपुल समेत निर्माण गर्न नसकेको आक्रोश पोखेका थिए ।

पालिकाले हप्ता दिन लगाएर काठेसाँघु तयार पारेर तत्कालका लागि सहज बनाएको छ । मोटरसाइकललाई समेत काठेसाँघु निर्माण पछि सहज भएको छ । 

पुल निर्माणको सम्झौता सकिन एक महिना बाँकी रहँदा गत माघमा काम सुरु गरे पनि अहिले ठेकदार सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले बताएका छन् ।

फलाम सहितको काठेपुल समेत भत्काएर ठेकेदारले पक्की पुल निर्माण कार्य सुरु गरे पनि अहिले काम अस्तव्यस्त भएको छ । भएको काठेपुल भत्काएर पुल निर्माण अलपत्र पारेपछि सकस भएको थियो ।

महाकाली पुल योजना महेन्द्रनगरले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ फागुन ९ गते निर्माण सम्पन्न गर्ने रहेको थियो । तर तिन वर्ष समय सक्दा पनि थोरै काम बाहेक केही काम हुन सकेको छैन ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : २४ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप