अर्थसंक्षेप : ५७ अर्ब वैदेशिक अनुदान र सवा दुई खर्ब ऋण प्रतिबद्धता, ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब डलरको योजना तयार र नेप्सेमा हरियाली | Khabarhub Khabarhub

अर्थसंक्षेप : ५७ अर्ब वैदेशिक अनुदान र सवा दुई खर्ब ऋण प्रतिबद्धता, ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब डलरको योजना तयार र नेप्सेमा हरियाली


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार’

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरबारमा आफ्नो कार्यकाल एक वर्षमा गरेको कामको विवरण सार्वजनिक गर्दै मन्त्री खड्काले ऊर्जा विकास मार्गचित्र अनुसार सन् २०३५ सम्मको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन लक्ष्य पुरा गर्नका लागि साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको जानकारी दिएका हुन् ।

वर्तमान सरकारको एक वर्षको अवधिमा ४०९ मेगावाट जलविद्युत आयोजना तथा २५ मेगावाटको सौर्य आयोजना गरी कुल ४३४ मेगावाट क्षमता बराबरको ग्रिडमा आबद्ध भएको उनले बताए ।

मन्त्री खड्काले एक वर्षको अवधिमा विद्युत् विकास विभागबाट १ हजार ९५ मेगावाट क्षमता बराबरका ८० जलविद्युत आयोजनाहरू र १ हजार १ सय ९९ मेगावाट क्षमता बराबरका ६७ सौर्य आयोजनाहरूको सर्वेक्षण अनुमति जारी गरिएको जानकारी दिए ।

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

ज्योति विकास बैंकले पायो ‘आईएसओ २७००१:२०२२’ प्रमाणपत्र

वित्तीय समावेशीकरण सूचकांक : पहुँच, प्रयोग र गुणस्तरमा वृद्धि

वित्तीय समावेशीकरण सूचकांकमा नेपालको विकास हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा उपभोक्ता संरक्षण विभागका अनुसार आर्थिक वर्ष ०७८-७९ को तुलनामा आर्थिक वर्ष ०८०-८१ मा नेपालको वित्तीय समावेशीकरण सूचकांकमा प्रगति भएको देखिएको हो ।

यो सूचकांकले वित्तीय सेवाहरूको मात्र र प्रकारमा भएको सुधार मात्र होइन, ती सेवा कसरी प्रयोग भइरहेको छ भन्ने पक्ष पनि देखाउँछ। आर्थिक वर्ष २०७८-७९ मा एफआईआई को सूचक ०.४० थियो, जुन २०८०-८१ मा ०.४७ मा पुगेको छ, जसले तीन वर्षमा उल्लेखनीय प्रगति भएको देखिएको हो।

विशेष गरी, पहुँच सूचकांक ०.३८ बाट ०.४७ मा पुगेको छ, जसले वित्तीय संस्था, डिजिटल उपकरणहरू र माध्यमहरू जनतामा पुगिरहेको जनाउँछ। प्रयोग सूचकांक ०.४३ बाट ०.४९ मा पुगेको छ, जसले डिजिटल भुक्तानी, बैंकिङ कारोबार र वित्तीय सेवाहरूको समग्र प्रयोगमा वृद्धि भएको देखिएको छ।

गुणस्तर सूचकांक, जसले वित्तीय साक्षरता, ग्राहक सन्तुष्टि, पहुँचमा अवरोध, र उपभोक्ता संरक्षणजस्ता पक्ष मापन गर्छ, ०.३६ बाट ०.४१ मा पुगेको छ। यद्यपि गुणस्तर सूचकमा वृद्धिदर सानो देखिन्छ, यसले पारदर्शिता, निष्पक्षता, र समावेशिताजस्ता पक्षमा सुधार भएको संकेत दिन्छ।

खल्ती र आईएमई मर्ज, आजैबाट सुरू भयो एकीकृत सेवा सञ्चालन

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

गत वर्ष ५७ अर्ब वैदेशिक अनुदान र सवा दुई खर्ब ऋणको प्रतिबद्धता

गत आर्थिक वर्ष (आव) ०८१-८२ मा नेपाललले झण्डै पौने तीन खर्ब वैदेशिक ऋण तथा अनुदान सहायताको प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा नेपालले ५७ अर्ब ५० करोड ३१ लाख ५० हजार वैदेशिक अनुदान र दुई खर्ब १५ अर्ब ५४ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको वैदेशिक ऋण सहायताको प्रतिबद्धता प्राप्त गरेको हो ।

मन्त्रालयका अनुसार प्राप्त भएको कुल सहायतामध्ये द्विपक्षीय सहायता प्रतिबद्धताको रकम ४३ अर्ब ५१ करोड १७ लाख ८० हजार रुपैयाँ बराबरको रहेको छ भने दुई खर्ब २९ अर्ब ५३ करोड ४५ लाख ९० हजार रुपैयाँ बहुपक्षीय सहायता प्रतिबद्धता अन्तर्गतको रहेको छ ।

मन्त्रालयका अनुसार नेपालले गत आर्थिक वर्षमा विभिन्न ३३ वटा परियोजना तथा कार्यक्रमको लागि ती वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो । जसमा भौतिक पूर्वाधार, यातायात, वातावरण तथा जलवायु परिवर्तन, सुशासन, सामाजिक, पोषण, वन तथा वातावरण, पहिरो, पानी, उर्जा, विपत्ति, शिक्षा लगायतका क्षेत्रमा काम गर्नेगरी ती सहायता प्रतिबद्धता प्राप्त भएका छन् ।

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

नयाँ आव : शेयर बजारमा उछाल, नेप्से हाफ सेन्चुरी बढ्यो

नयाँ आर्थिक वर्ष २०८२-८३ बिहीबारबाट सुरु भएको छ । आजबाट नयाँ वर्ष सुरु हुँदा शेयर बजारमा भने उछाल आएको छ । यो समाचार तयार पार्दासम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हाफ सेन्चुरी बढोत्तरी भएको छ ।

यो समाचार तयार पार्दसम्म नेप्से ५७ अंकले बढेर २८५२ विन्दुमा नेप्से परिसूचक पुगेको छ । नेप्से २ प्रतिशतले बढ्दा १२ः४५ सम्ममा ७ अर्ब ६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको छ ।

कर्णालीमा पर्यटकको आगमन बढ्यो

सात करोडको लागतमा पालिका भवन निर्माण

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : ०० बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी