खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता « Khabarhub

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच दुई घण्टा लामो वार्ता भएको छ।

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट शेखर आफैं प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग वार्ताका लागि खुमलटार पुगेका हुन् ।

दुईजनाबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।

कांग्रेस–एमाले सरकार गठन भएको एक वर्ष पुगिरहँदा कांग्रेसका एकजना नेता कोइराला प्रमुख प्रतिपक्षीकहाँ पुगेका हुन् । शेखरले यसअघि पनि सार्वजनिक रुपमै सरकारको कडा आलोचना गर्दै आएका छन् । दुईतिहाइ नजिकको सरकार भए पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै शेखर विकल्पको खोजीमा लागेका छन् ।

यस्तोमा उनी खुमलटार पुगेका हुन् । सरकार एक वर्षे कार्यकालको समीक्षामा लागिरहेका बेला शेखरले प्रचण्डसँग गरेको कुराको विस्तृत विवरण आएको छैन ।

प्रचण्डले आफूलाई हटाएर सात दलीय गठबन्धन सरकार बनेदेखि भ्रष्टाचार बढेको, हरेक क्षेत्रमा बेथिति देखिएको पनि बताउँदै आएका छन् । सरकारले हिनामिना र अनियमिततामा मुछिएका आफूनिकटलाई जोगाएर प्रतिपक्षी र अन्यलाई मात्रै डाम्ने गरेको आरोप लगाएको सन्दर्भमा शेखरसँग वार्ता गरेका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : ०६ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो