खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता « Khabarhub

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच दुई घण्टा लामो वार्ता भएको छ।

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट शेखर आफैं प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग वार्ताका लागि खुमलटार पुगेका हुन् ।

दुईजनाबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।

कांग्रेस–एमाले सरकार गठन भएको एक वर्ष पुगिरहँदा कांग्रेसका एकजना नेता कोइराला प्रमुख प्रतिपक्षीकहाँ पुगेका हुन् । शेखरले यसअघि पनि सार्वजनिक रुपमै सरकारको कडा आलोचना गर्दै आएका छन् । दुईतिहाइ नजिकको सरकार भए पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै शेखर विकल्पको खोजीमा लागेका छन् ।

यस्तोमा उनी खुमलटार पुगेका हुन् । सरकार एक वर्षे कार्यकालको समीक्षामा लागिरहेका बेला शेखरले प्रचण्डसँग गरेको कुराको विस्तृत विवरण आएको छैन ।

प्रचण्डले आफूलाई हटाएर सात दलीय गठबन्धन सरकार बनेदेखि भ्रष्टाचार बढेको, हरेक क्षेत्रमा बेथिति देखिएको पनि बताउँदै आएका छन् । सरकारले हिनामिना र अनियमिततामा मुछिएका आफूनिकटलाई जोगाएर प्रतिपक्षी र अन्यलाई मात्रै डाम्ने गरेको आरोप लगाएको सन्दर्भमा शेखरसँग वार्ता गरेका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : ०६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा