योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन् « Khabarhub

योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन्


१ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकारमा रहेका मन्त्रीहरूले गल्ती गरेको पाइए उन्मुक्ति नपाउने बताएका छन् ।

पार्टी सचिवालय बैठक सहभागी हुन च्यासलमा रहेका उनले बिहीबार सञ्चारकर्मीसँग राकानी गर्दै उनले गल्ती गरेको पाइए मन्त्रीहरूले जिम्मेवारीबाट हट्नुपर्ने बताए ।

उनले केही मन्त्रीहरू घुस प्रकरणमा मुछिएकोबारे उपयुक्त छानबिन हुनुपर्ने पनि बताएका छन् ।

‘मन्त्रीहरूले विवादबाट उन्मुक्ति पाउँदैनन् । यदि त्यो सत्य हो भने उहाँहरुले पदीय जिम्मेवारीबाट हट्नुपर्छ र त्यसको उपयुक्त छानविन हुनुपर्छ,’ भट्टराईले भने ।

उनले नेपालमा बिनातथ्य, बिनाप्रमाण आरोप लगाउने चलन रहेको पनि उल्लेख गरेका छन् ।

आरोप लागेपछि एमालेका मन्त्रीहरू गोकुल बास्कोटादेखि शेरबहादुर तामाङसम्मले राजीनामा दिएको पनि उनले उल्लेख गरे ।

आरोप लगानेबित्तिकै कसैको राजनीतिक जीवन नै सक्ने ढंगले जान नहुने उनले बताए । पूर्वमन्त्री भट्टराईले एमाले शुद्धीकरण अभियानमा रहेको पनि जानकारी दिए ।

‘एमालेले नै यसअघि त्यो दृष्टान्त प्रस्तुत गरेको छ । यद्यपि कतिपय घटना प्रमाणित भएका छैनन् । गोकुलजीको सन्दर्भमा पनि प्रमाणित भएन । तर, उहाँले राीनामा दिनुभयो’, उनले भने, ‘शेरबहादुर तामाङ सामान्य बोलीमा चिप्लिएका हुन्, त्यो ठूलो कुरा थिएन । हङ्गामा मात्रै गरियो । उहाँले पनि छोड्दिनुभएकै हो । अहिले राजकुमार गुप्ताजीले छोड्दिनु भएको छ ।’

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ७ : १८ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास