रानाथारु समुदायमा ‘सावनको डोला’ « Khabarhub

रानाथारु समुदायमा ‘सावनको डोला’


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक छ । अन्य समुदायकोभन्दा पृथक परम्परा रहेको यस समुदायमा तीज आउनुअगावै सावनको डोला राख्ने परम्परा छ ।

जानकारहरुका अनुसार रानाथारु बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्छन् ।

“अन्य समुदायमा महिलाले श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाइको दीर्घायुका लागि तीजको व्रत बस्ने चलन छ”, कञ्चनपुरको बेदकोट नगरपालिका–६ का प्रेमवती रानाले भने, “हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन् ।”

तीज रानाथारु समुदायको महान् पर्व हो । रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको उनको भनाइ छ ।

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकार बताउँछन् । भीमदत्त नगरपालिका–१६ का चेतराम रानाले तीज आउनुपूर्व नै मनोरञ्जनका रुपमा सावनको डोला (पिङ) खेल्ने प्रचलन रहेको बताए ।

“तीजअघि नै हाम्रो समुदायमा सावनको डोला (पिङ)राख्ने चलन छ”, उनले भने, “विशेषगरी दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गर्छन् ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्पराअनुसार तीज मनाउन समस्या हुने गरेको रानाथारु समुदायका अग्रज बताउँछन् ।

“पहिला जङ्गलबाट काठ ल्याएर पिङ राख्थ्यौँ अहिले जङ्गलबाट काठ ल्याउन पाइदैन पिङका लागि ठूला काठ चाहिन्छन्”, वेदकोट नगरपालिका–९ का सागर रानाले भने, “अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको छ ।”

उनका अनुसार कुनै अशुभ नहोस् भनेर पिङको सुरुआतमा कमिलालाई सावनको डोलामा राखेर पूजा गर्ने चलन छ । त्यसपछि महिलाले पालैपालो परम्परागत गीत गाएर सावनको डोला (पिङ) खेल्ने गर्दछन् ।

उनका अनुसार तीजमा महिला दिनभरि पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्छन् । साँझपख उनीहरू कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्छन् । त्यसरी काटिएको कुसलाई नदीमा गएर सेलाउने चलन छ । नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको जन विश्वास छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ८ : ३६ बजे

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच