एमाले सचिवालय बैठक सात घण्टादेखि जारी « Khabarhub

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ। दिउँसो २ बजेबाट सुरु भएको बैठक रातिसम्म नै लम्बिएको हो । बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाउने लगायतका प्रस्तावमा छलफल भइरहेको छ ।

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन गरी पदाधिकारी संख्या १९ बाट घटाएर ११ मा सीमित गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । स्रोतका अनुसार, उनले अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ गरी ११ पदाधिकारी मात्र रहने व्यवस्था सुझाव दिएका छन्।

हाल एमालेमा १९ जना पदाधिकारी छन् वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्तावले विवाद थप तातिरहेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु उक्त प्रस्तावको विपक्षीमा देखिएका छन् ।

यो प्रस्तावले एमालेले आफ्नो जनसंगठनहरूमा पनि वरिष्ठ उपाध्यक्ष पद हटाएको कार्यान्वयनलाई पार्टी तहमा समेत विस्तार गर्ने संकेत गरेको छ। एमालेका एक पदाधिकारीले खबरहबलाई बताएअनुसार, भदौ २० देखि २२ गते ललितपुर गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव पेश हुने तयारी छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारीमा छन् भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। आगामी महाधिवेशनका लागि साउन २ गते पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको छ।

यसअघि वरिष्ठ उपाध्यक्ष पोखरेलले असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा अध्यक्ष ओलीको आलोचना गरेका थिए, जसलाई लिएर पार्टीभित्र केही तनाव रहेको देखिन्छ। केही महिनामै वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारीले ओली र पोखरेलबीचको विवादलाई अझ बढावा दिएको छ।

एमालेको हालको विधान अनुसार, २०७८ मंसिरमा सम्पन्न १०औँ महाधिवेशनले १९ सदस्यीय पदाधिकारी समिति बनाएको थियो, जसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ थिए।

तर अबको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद हटाएर उपाध्यक्षको संख्या सीमित गर्ने प्रस्तावलाई अघि बढाउने भएको छ। यस प्रस्तावलाई लिएर पार्टीभित्र कस्तो प्रतिक्रिया आउँछ र आगामी महाधिवेशनले के निर्णय गर्छ, त्यो चासोको विषय बनेको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ९ : ३५ बजे

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

काठमाडौं– नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट