आज २०८२ साल भदौ १ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ १ गते आइतबारको राशिफल


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। राजनीतिकमा प्रगति हुनेछ। थोरै बोल्दा फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जग्गाको कारोबारबाट नाफा हुनेछ।

वृष : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। बोलीका कारण राम्रो काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारभित्र गोपनीयता भंग हुँदा धोका हुने जोखिम छ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीका कारण साथीहरु टाढिने छन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यको व्यापारमा घाटा हुनेछ। यात्रामा अनावश्यक सम्पत्ति खर्च हुनेछ।

कर्कट : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा गरेको लगानी अनुसार महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। आफन्तको साथ मिल्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने देखिन्छ। स्वादेशमा रोजगारीको विकल्प फेला पर्नेछन्। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। विपक्षीको साथ र सहयोग मिल्नेछ। परिवारले साथ दिँदा मन खुशी हुनेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

तुला : दिन सामान्य छ। आफूले थालेका काम अधुरा भएकाले मन उदास हुनेछ। बौद्धिक क्षेत्रका साथीसँगको भेटले नयाँनयाँ योजना बन्नेछन्। परिवारको तनावले मन अशान्त बन्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमको एकल यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा सचेत बनेर अगाडि बढ्नुपर्नेछ।

धनु : दिन सामान्य छ। आफन्तले गलत बाटो समाउँदा मन उदास बन्नेछ। परिवारभित्रका मान्छेले गोपनीया भंग गर्ने जोखिम छ। शिक्षामा समय बिताएमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मकर : दिन राम्रो छ। इज्जत बढ्नेछ। अपरिचित व्यक्तिले तपाईंलाई राम्रो सहयोग गर्नेछन्। धन आर्जन हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने मनमुटावको जोखिम छ।

कुम्भ : दिन सामान्य छ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। शरीरमा नयाँनया रोगले आक्रमण गर्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ने छ। परिवारमा मनमुटावको जोखिम छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : १३ बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत