एशियन होटलले आईपीओ निष्कासन गर्ने  « Khabarhub

एशियन होटलले आईपीओ निष्कासन गर्ने 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एशियन होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कान गर्ने भएको छ । 

कम्पनीले ३५ लाख कित्ता शेयर जारी गरी जम्मा ३५ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ ।

एशियन होटल भैरहवा लुम्बिनीमा विगत ४ वर्षदेखि सञ्चालनमा छ । आईपीओबाट पैसा उठाएर होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना कम्पनीको रहेको छ ।

होटल सन् २०२१ मा स्थापित भएको हो । होटलले हाल ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्कोट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरु बाट आफ्नो व्यवसाय गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : २९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क