‘बलिदान’को टिजरमा समीरलाई ‘एक्सन किङ’को ट्याग « Khabarhub

‘बलिदान’को टिजरमा समीरलाई ‘एक्सन किङ’को ट्याग


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘बलिदान’को टिजरले दर्शकबाट राम्रो साथ पाएको छ । सार्वजनिक भएको सुरुवाती २४ घण्टामा नै यस टिजरले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको हो ।

टिजरमा समीरका फ्यानको फलोइङ देख्न सकिन्छ । फ्यानहरुले ‘समीरलाई ठूलो पर्दामा हेर्न प्रतीक्षारत रहेको’ आशयको कमेन्ट गरेका छन् । यस्ता कमेन्ट उल्लेखनीय संख्यामा देख्न सकिन्छ ।

टिजरमा निर्माण पक्षले समीरलाई ‘एक्सन किङ’को ट्याग दिएको छ । दोस्रो फिल्म प्रदर्शनमा नआउँदै उनले उक्त ट्याग पाएका हुन् ।

समीर हाबी भएको टिजरमा नायकहरु अर्पण थापा, सौगात मल्ल, मोडल सुनील क्षेत्री, नायिका ऋचा शर्मालाई स्थान दिएको हो ।

अपर्ण नेताको भूमिकामा छन् भने सौगातको भूमिका रहस्यमयी छ । ऋचाले ग्रामिण अधवैशे महिलाको भूमिका निर्वाह गरेको टिजरले प्रष्ट पारेको छ ।

फिल्मका निर्देशकसमेत रहेका सन्तोष सेन पनि टिजरमा अटाएका छन् । उनी भूमिका पनि रहस्यमयी छ । उनी दानव अवतारमा देखिएका छन् ।

फिल्ममा एक्सन खुराकहरु प्रशस्त रहेको टिजरले बताउँछ ।

चलचित्र आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यस फिल्मको निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् । फिल्मको लेखक दर्शन जी हुन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : ३३ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको