ट्रम्पद्वारा पुटिनलाई मेलानियाको ‘शान्ति पत्र’ हस्तान्तरण « Khabarhub

ट्रम्पद्वारा पुटिनलाई मेलानियाको ‘शान्ति पत्र’ हस्तान्तरण


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नी पत्नी, प्रथम महिला मेलानिया ट्रम्पले लेखेको पत्र हस्तान्तरण गरे । पत्रमा बालबालिकाहरूको नाममा शान्तिको आह्वान गरिएको छ ।

शनिबार प्रथम महिलाको कार्यालयले फक्स न्युजमा प्रकाशित उक्त पत्र पुनः पोस्ट गरेको थियो । यो ट्रम्प–पुटिन बैठक सफल नबनेको भोलिपल्ट सार्वजनिक गरिएको हो ।

फक्स न्युजका अनुसार, ट्रम्पले पुटिनलाई पत्र बुझाएपछि दुवै पक्षका प्रतिनिधिमण्डलहरूको उपस्थितिमा उनले तुरुन्तै पढे ।

पत्रमा लेखिएको छ– “आजको संसारमा, धेरै बालबालिकाहरू आफ्नै वरपरको अन्धकारबाट अछुतो भएर पनि शान्त हाँसो बोकेर बस्न बाध्य छन् । श्रीमान् पुटिन, तपाईंले मात्र उनीहरूको त्यो मधुर हाँसो पुनः फर्काउन सक्नुहुन्छ । निर्दोष बालबालिकाको रक्षा गर्नु भनेको केवल रुसको मात्र सेवा होइन, मानवताको सेवा पनि हो ।”

“यो एक साहसी विचार हो, जसले सबै विभाजनलाई पार गर्दछ । तपाईं कलमको एउटा प्रहारसँगै यसलाई व्यवहारमा उतार्न सक्नुहुन्छ । यो समय हो”, पत्रमा भनिएको छ ।

ट्रम्पले यसअघि स्लोभेनियामा जन्मेकी मेलानियाले पुटिनबारे आफ्नो दृष्टिकोण परिवर्तन गर्न मद्दत गरेको बताएका थिए । उनले सम्झँदै भनेका थिए, “म घर गएर प्रथम महिलालाई भनेँ, ‘आज म भ्लादिमिरसँग कुरा गरेर आएँ, धेरै राम्रो कुराकानी भयो ।’ अनि उनले जवाफ दिइन्, ‘ओहो साँच्चै ? अर्को सहर त अहिले मात्रै आक्रमणमा पर्‍यो ।’’

ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा नै २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । तर महिनौँ बित्दा पनि सम्झौता नहुँदा उनले निराशा व्यक्त गरेका थिए ।

अलास्कामा शिखर सम्मेलनअघि उनले यदि रुसले युद्धविराम स्वीकार नगरे ‘गम्भीर परिणाम’ हुनेछ भनी चेतावनी दिएका थिए । तर पुटिनसँग भेटपछि उनले भनिरहेका थिए, “सबैभन्दा राम्रो उपाय भनेको सिधै शान्ति सम्झौतामा पुग्नु हो ।”

पुटिनले भने लामो समयदेखि अन्तिम शान्ति सम्झौतामार्फत वार्ता गर्नुपर्ने तर्क गर्दै आएका छन् । तर युक्रेन र युरोपेली सहयोगीहरूले यसलाई रुसको युद्धलाई अझै लम्ब्याउने रणनीति भन्दै आलोचना गरेका छन् ।

हेर्नुहोस् पत्र-

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : ३४ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका