प्रधानमन्त्री भेट्दा मिस्रीको बसाइको आसन भाइरल, अरूसँग कसरी भेटे ? (तस्बिरहरू) | Khabarhub Khabarhub

प्रधानमन्त्री भेट्दा मिस्रीको बसाइको आसन भाइरल, अरूसँग कसरी भेटे ? (तस्बिरहरू)


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेशी सचिव विक्रम मिस्री यतिबेला काठमाडौंमा राजनीतिक भेटघाटको दौडमा छन् ।

आइतबार बिहान दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं उत्रिएका उनले सबैभन्दा पहिले सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे ।

उनले त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको भ्रमणको निम्तो पनि हस्तान्तरण गरे।

२०८१ असार ३१ गते प्रधानमन्त्री बनेका ओलीका लागि करिब १५ महिनापछि भारत रेडकार्पेट विच्छ्याउन तयार भएको हो।

ओलीका लागि भ्रमणको ढोका खोल्ने क्रममा मोदीको निम्तो हस्तान्तरण गर्दा सबैभन्दा चर्चा मिस्रीको बसाइको आसनको चर्चा भएको छ ।

ओलीलाई निम्तो दिने क्रम राजदूत नवीन श्रीवास्तवसँगै सिंहदरबार छिरेका उनले ओलीलाई भेट्दा उपरखुट्टी लगाएपछि विभिन्न टिप्पणी गरिरहेका छन् ।

नेपालमा सबैभन्दा धेरै आर्थिक सहयोगसहित पूर्वाधार निर्माणमा लगानी गरिरहेको निकट छिमेकी देशको मन्त्रालयका सचिवले उपरखुट्टी लगाएर प्रधानमन्त्रीलाई हेपेको भन्नेहरूसमेत निस्किएका छन् ।

कूटनीतिमा बसाइ, अनुहारको भावभंगी र पोशाकको समेत विशेष अर्थ हुन्छ । यस्तोमा मिस्रीले उपरखुट्टी लगाएर प्रधानमन्त्रीसँग संवाद गर्नुलाई हेपेको ठान्नेले उक्त फोटोलाई भाइरल बनाइरहेका छन् ।

यद्यपि कूटनीतिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूले भने यसलाई ठूलो रुपमा लिन नहुने बताइरहेका छन् । उनीहरूले बसाइको आसनभन्दा मुख्य के कुरा भयो, विषय के थियो ? त्यो महत्वपूर्ण हुने उनीहरूको बुझाइ छ ।

ओलीसँग भेटेपछि मिस्रीले नेपालका एकपछि अर्का नेतृत्वसँग संवाद गरे । उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल, बूढानीलकण्ठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, खुमलटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपकमल दाहाल प्रचण्डलाई भेटिसकेका छन् ।

प्रधानमन्त्री ओलीबाहेक अन्य नेताहरूसँगको भेटमा उनी कहीँ पनि उपरखुट्टीको पोजिसनमा देखिएका छैनन् । अध्यक्ष प्रचण्डलाई भेट्दा पनि उपरखुट्टी आसनमा नदेखिपछि माओवादी कार्यकर्ताहरूले अहिले ओलीसँग भेटको समेत फोटो जोडेर अनेक कोणबाट ब्याख्या गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीलाई हेपेका मिस्रीले प्रचण्डलाई भने सम्मान दिएको भन्दै खुमलटारको फोटो सामाजिक सञ्जालमा फैल्याइरहेका छन् ।

आइतबार बिहानै प्रधानमन्त्रीलाई भेटेका मिस्री अपरान्ह फेरि सिंहदरबार छिरेका छन् । जहाँ उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संवाद गरिरहेका छन् ।

त्यसपछि उनी समकक्षी अमृतबहादुर राईसँग सिंहदरबारमै द्विपक्षी वार्तामा बस्नेछन् । जहाँ प्रधानमन्त्री ओलीको आगामी भदौ ३१ गतेदेखि हुने भारत भ्रमणका एजेन्डा र कार्यक्रमहरूबारे छलफल हुनेछ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ६ : ०२ बजे

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर

‘पिपुल्स च्वाइस’तर्फ पाँच खेलाडी मनोनयनमा

काठमाडौं – बाइसौँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ अन्तर्गत

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ