भारतको पर्यटन क्षेत्रमा तीव्र विस्तार हुने « Khabarhub

भारतको पर्यटन क्षेत्रमा तीव्र विस्तार हुने


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पर्यटन क्षेत्रको तीव्र गतिमा विस्तार भइरहेको छ । सन् २०२८ सम्म भारतले पर्यटन क्षेत्रबाट ५ लाख १२ हजार ३ सय ५६ भारतीय रुपैयाँ अर्थात् ५९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

क्यापिटल माइन्ड पीएमएसले जारी गरेको प्रतिवेदनमा भारतको आन्तरिक पर्यटन सन् २०२४ देखि सन् २०२८ सम्म दोब्बरले वृद्धि हुने जनाइएको छ । सन् २०२४ मा भारतको आन्तरिक पर्यटन क्षेत्रको बजार २ अर्ब ५० करोड डलर रहेको छ ।

सन् २०२८ सम्म यो दोब्बरभन्दा धेरैले बढेर ५ अर्ब २० करोड डलर हुनेछ । यसअनुसार हरेक वर्ष यो क्षेत्र १३.४ प्रतिशतले वृद्धि हुनेछ ।

त्यसैगरी, आन्तरिक उडान पनि सन् २०३० सम्म दोब्बरले वृद्धि हुने अपेक्षा छ । आन्तरिक उडान भर्ने यात्रुको सङ्ख्या सन् २०२४ मा ३० करोड ७० लाख रहेकोमा सन् २०३० मा दोब्बरभन्दा धेरैले बढेर ६९ करोड ३० लाख पुग्नेछ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ५७ बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा